• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुस्ताउँदै सरायँ नाच

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ४, २०७६  ११:२१
1140x725

प्युठान- गत आइतबार  प्युठान नगरपालिका–९ मरन्ठानास्थित बुढादेवी मन्दिर परिसरको वातावरण बेग्लै थियो। सेतो रङको दौरा सुरुवाल, कम्मरमा  पटुका र शिरमा सेतै पगरी गुछेर लोभलाग्दो पहिरनमा पुरुषहरू सरायँ खेलिरहेका थिए। 

नेपाली पोसाकमा सजिएर  वरिपरि ढाल र तरबार नचाउँदै बाजाको तालमा उनीहरू ‘वाख्वाई वाख्वाई ह्वा’ गरिरहेका देखिन्थे। पञ्चेबाजाको डुंग, डुंग कि डुंगको ताल र वाख्वाई ह्वाको आवाजले मन्दिर क्षेत्र गुन्जायमान  बन्यो। 

युवाहरूको  जोसिलो नाचसँगै दर्शकहरू पनि झुम्मिरहेका देखिन्थे। उनीहरूसँगै महिला, वृद्धवृद्धा पनि वाख्वाई, वाख्वाई  गर्दै सरायँमा सहभागी भए। ‘बाजाको लयसँगै पाइला र  तरबार चलाउने खेल हेर्दै हिम्मतिलो र आकर्षक लाग्छ,’ कोजागत पूर्णिमाको मेला हेर्न आएका स्थानीय अजय विकले भने, ‘सरायँ हेर्दा नाँचू नाँचू लाग्ने, रमाइलो हुँदो रहेछ।’ 

सरायँ नाँच हेर्दा रमाइलो र हतियार नचाउँदा डरलाग्दो हुने उनले अनुभव सुनाउन समेत भ्याए। सरायँको प्रचार–प्रसार गर्न सकेमा धार्मिक शक्तिपिठको थप विकासमा सहयोग पुग्ने उनले बताए। 
‘एकातर्फ गाउँठाउँको विकास हुन्छ भने अर्कोतर्फ हाम्रो पहिचान बोकेको संस्कृतिको प्रचार हुन्छ,’ उनले भने, ‘स्थानीय नागरिकदेखि सरकार सबैले ध्यान दिनु आवश्यक छ।’ 

प्युठानमा दसैं र तिहारको अवसरमा सरायँ नाचिन्छ। 

संकटमा सरायँ
एक समय तामझामका साथ तरबार नचाएर सरायँ नाचिन्थ्यो। गाउँघरतिर एक आपसमा खुसी साटासाट गर्न विशेष मौकाका रुपमा पनि यसलाई लिइन्थ्यो। 

गाउँबाट टाढा गएकाहरू दसैंमा घर फर्किँदा साथीसँगीसँग भेटिने अवसर पनि थियो। नाच तछाडमछाड हुन्थ्यो, नाच हेर्नेहरूको ठूलै लर्को लाग्थ्यो। 

हिजोआज नाच्नेहरूको संख्या पनि निकै घटिसकेको छ। पछिल्लो समयमा यो नाच हराउन थालेको छ। केही ठाउँमा मात्रै संस्कृति जोगाउने नाममा नाच देखाउने गरिएको छ। नयाँ पुस्तामा हस्ताण्तरण हुन नसक्दा यो दुर्लभ हुँदै गएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्युठानको पुण्यखोलाका स्थानीय दल बहादुर केसीका अनुसार पुरानो पुस्ताले निकै रोमाञ्चक र सांस्कृतिक ढंगले मनाउने गरेको यो नाचप्रति पछिल्लो पुस्ताको आकर्षण त्यति देखिन्न। ‘पुर्खाबाट चलिआएको  परम्परा हामीले  बचाउनुपर्छ, अब युवाहरूले  यसमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘हाम्रो  परम्परा लोप हुन थाल्यो , यसलाई बचाउने  जिम्मा युवाहरूको  हो। ’

युवा पुस्ताले  यस्को सांस्कृतिक महत्वलाई बुझ्न नसक्दा मौलिक संस्कृति ओझेलमा परेको उनले बताए। संस्कृति संरक्षणमा सरोकारवालाले चासो नदिएको उनले बताए। विश्वनिकेतन काठमाडौंका प्राध्यापक भरतमणि भण्डारी पनि नयाँ पुस्ताले मौलिक संस्कृति बेवास्ता गर्दै गएको बताउँछन्। ‘संस्कृति मानिसको जीवन हो भन्ने युवाले बुझेनन्,’ उनले भने, ‘नयाँ पुस्तामा संस्कृति चेतको अभाव छ, अहिलेका युवामा सरायँको भाका र शब्दको ज्ञानै छैन।’ 

सिक्ने र सिकाउने पुराना र नयाँ पुस्ताबीचको समन्वय नहुँदा मौलिक कला संस्कृति हराउँदै गएको उनको ठहर छ। सरायँ, सांस्कृतिक पहिचानको धरोहर भएको बताउँदै संरक्षण र सम्वर्द्धनको खाँचो रहेको उनले औंल्याए। 

यस्तो छ किंवदन्ती
‘वाख्खै’ भनेको ऊ खै हो। प्युठानको भित्रीकोट राज्यमा ५ सय ६४ वर्ष पहिले जांट वंशीय राजाको राक्षसी स्वभावविरुद्ध जनताले तरबार उठाएको घटनासँग यो सरायँ नाच जोडिएको छ। विभिन्न स्थानबाट तरबार लिएर आएका जनताले राजालाइ मारेको सम्झनामा सरायँ नाच्न थालिएको किवंदन्ती छ। दानबीय स्वभावका ती राजाले चाहेका बेला बालबालिका चढाउनुपर्ने कारण आक्रान्त बनेका स्थानियले उनकै भारदार र श्रीमतीको योजनामा राजालाई भित्रीकोटबाट लखेट्दै पुण्यखोलास्थित डल्लेमा ल्याएर काटेको किंवदन्ती छ। 

यसैको खुसीयालीबाट विकास भएको सरायँ मेला विभिन्न अवसरमा लाग्ने गरेको स्थानीय बुढापाकाहरू बताउँछन्। तिहारको भाइटीकाको दोश्रो दिन डल्ले, तेश्रो दिन बाल्मन्दिर चितिखोला, चौंथो दिन ढुगेंठाटी, पुण्युमा बहाने र खैरा लगायतका स्थानमा सरायँ नाचहरू नाचिने गर्दछन्।

युद्धकलासँग सम्बन्धित सरायँ खेल्ने र हेर्नेको यहाँ भिड लाग्छ। कोजागत पूर्णिमाको अवसरमा प्युठानको जुम्री, पुण्यखोला,मरन्ठानाको बुढादेवी मन्दिर, मल्लरानीको चौरपानी, ऐरावतीको जाबुनेकोट, लगायतका स्थानमा पञ्चे बाजाको तालमा तरबार नचाएर सरायँ प्रदर्शन गरिएको थियो। हिन्दुहरूको महान पर्व बडादसैं एवम् तिहारको अवसरमा नाचिने सरायँ नाच प्युठानको मौलिक नाच हो। 

तरबार खुडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास रहेको छ। देवीले महिसासुर र शुम्भको बध गरेको दिन विजया दशमीको दिनदेखि नाचिने यो नाच खुसीयालीमा नाच्न थालिएको बुढापाकाहरुको भनाइ छ। गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र कपिलवस्तुका शक्तिपीठमा दसैंको भोलिपल्टबाट पूर्णिमासम्म सरायँ नाच्ने प्रचलन छ।

संस्कृति जोगाउन जागे युवा 
नाचको संरक्षणमा युवाहरू जुटेका छन्। जिल्लाको मल्लरानी र जुम्री बजारका स्थानीय युवाहरूले सरायँ विशेष कार्यक्रम आयोजना गरेका हुन्। आइतबार जुम्री परिवर्तनशील युवा समूह प्युठान नगरपालिका–३ को आयोजनामा भएको कार्यक्रममा सरायँ नाच हेर्नेको घुइँचो थियो। 

जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर–८ स्थित राँगामारेमा चतुदर्शीका दिन मेला लाग्ने गर्छ। यसै अवसरमा सरायँ नाच्ने गरिन्छ। 

युवा पुस्ताहरूलाई सरायँ नाचप्रति आकर्षित गर्न सरायँ विशेष कार्यक्रम गरिएको वडा नम्बर-८ का वडाध्यक्ष नरेन्द्र बस्नेतले बताए। यसका लागि वडामा रहेका क्लबहरू परिचालन गरी व्यवस्थित गरिएको उनले सुनाए।

युवा पुस्ता परम्परागत रीतिरिवाजबाट टाढा नहुन् भन्ने उद्देश्यले युवा क्लबहरूलाई क्रियाशील बनाइएको बस्नेतको भनाइ छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्