काठमाडौं- भारतका लागि नेपाली राजदूत निलाम्बर अचार्याले भुटानी प्रधानमन्त्रीसँग भेटघाट गरेका छन्।
भुटानी राजा जिग्मे केसर नामग्याल वाङचुकलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत आचार्यले भूटानी प्रधानमन्त्री लोत्से छिरिङसँग भेटघाट गरेका हुन्।
भारतका लागि नेपाली राजदूतले भूटान पनि हेर्ने गर्छन्।
त्यस्तै, आचार्यले भुटानका परराष्ट्रमन्त्री टान्डी दोर्जी शेर्पा, अर्थमन्त्री लगायतसँग पनि भेट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।