जनकपुर- जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा पक्राउ परेका राजपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई साधारण तारेखमा रिहा गरिएको छ।
जिल्ला अदालत धनुषामा आज भएको थुनछेक बहसपछि उनलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो। जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधरण तारेखमा रिहा गर्न आदेश दिएका हुन्।
गत साेमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आराेपमा नागरिक उड्यन प्राधिकरण जनकपुरले सांसद साहमाथि 'गैरसैनिक हवाई उडान ऐन २०१५' अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।