काठमाडौं– बलिउडका मेगास्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। भारतीय मिडियाका अनुसार स्वास्थ्यमा समस्यामा देखिएपछि उनी तीन दिनदेखि मुम्बईको नानावटी अस्पतालमा उपचार गराइरहेका छन्।
बलिउड हंगामाका अनुसार उनलाई कलेजोमा समस्या देखिएपछि अस्पताल भर्ना गराइएको हो।
यसअघि सन् २०१२ मा अमिताभ १२ दिनका लागि अस्पताल भर्ना भएका थिए। त्यतिबेला उनको सर्जरी समेत भएको थियो।
त्यसपछि सन् १९८२ मा फिल्म ‘कूली’को सुटिङ दौरान उनलाई गम्भिर चोट लागेको थियो। परिस्थिती यस्तो थियो कि उनलाई चिकित्सकहरुले ‘क्लिनकल्ली डेड’ घोषित गरिसकेका थिए।
दुर्घटनाका क्रममा उनको शरीरबाट निकै धेरै रगत बगेको थियो। त्यतिबेला उनलाई ६० बोतल रगत चढाउनुपरेको थियो।
तर खतरामुत्त भएपछि पनि उनी रोगमुत्त हुन सकेनन्। एक अन्तरवार्तामा अमिताभ स्वयम्ले हेपाटाइटिसको इन्फेक्सनका कारण आफ्नो ७५ प्रतिशत कलेजो खराब भएको बताएका थिए।
यद्यपी अमिताभले आफ्नो जीवनसँग हार खाएका छैनन्। आफ्नो अभिनय कर्ममा निरन्तर सक्रिय छन्। हाल उनी ‘कौन बनेगा करोडपति’ संचालन गरिरहेका छन्।
अहिले अस्पतालमा भर्ना भएपछि पनि अमिताभ सोसियल मिडियामा अपडेट हुन छाडेका छैनन्। उनी निरन्तर ट्विट गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।