काठमाडौं- नेपाली कांग्रेसले आफ्नो दलबाट विजयी भएका गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई आज र भोलि प्रशिक्षण दिने भएको छ। पार्टीबाट गाउँपालिकामा विजयी भएका अध्यक्ष, उपाध्यक्षहरुलाई प्रशिक्षण दिन लागिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गर्ने प्रशिक्षणमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सम्बन्धित गाउँपालिका कार्यसमिति सभापतिलाई समेत प्रशिक्षणमा बोलाइएको छ।
भक्तपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्र बोडे मध्यपुर ठिमीमा प्रशिक्षण हुने भएको छ। प्रशिक्षणलाई पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। सहभागीलाई शीर्ष नेता तथा पार्टी निकट वुद्धिजिवीहरुले प्रशिक्षण दिने बताइएको छ।
प्रशिक्षणमा प्राथमिकतामा राखिने अवधारणाः
-
वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरु
-
पालिका तहका अधिकार र कर्तव्य
-
गाउँपालिका, प्रदेश र संघबीचको सम्बन्ध र साझा अधिकार
-
योजना र बजेट तर्जुमा
-
स्थानीय तहमा निर्वा्चित र स्थानीय पार्टी इकाई कार्यसमितिसँग समन्वय
-
आगामी निर्वाचनहरुका लागि आधार निर्माण
-
स्थानीय तहमा निर्वाचितहरुले सामना गरिरहेका समस्याहरु
-
नेपाली कांग्रेसको विधान, राजनीतिक र आर्थिक नीतिहरुबारे संक्षिप्त जानकारी
-
संघीय सरकारका असफलताहरु
गत वर्ष प्रतिष्ठानले नेपाली कांग्रेसबाट नगरपालिकामा विजयी प्रमुख र उपप्रमुखहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।