काठमाडौं- विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहको सेवा-सुविधा रोक्ने संसद् सचिवालयले निर्णय गरेको छ।
उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा बसेको संसद् सचिवालयको बैठकले उक्त निर्णय गरेको हो।
सांसद साहले सोमबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा बिहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको जहाज 'डिले' भएको भन्दै काउन्टर तोडफोड गरेका थिए।
साहलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई अनुसन्धानको लागि हिजै काठमाडौंबाट धनुषा पठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।