काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरेको चियापानमा करिब ३ घन्टा रहने भएका छन्।
आगन्तुकको स्वागतका लागि प्रधानमन्त्री ओली कार्यक्रम स्थलमा रहने भएका हुन्। गत वर्ष स्वास्थ्यका कारण अनुपस्थिति रहेका ओली यसपटक भने सहभागी हुने भएका हुन्।
पर्वहरुको अवसरमा चियापान तथा शुभकामना आदानप्रदानका लागि नेकपाले भृकृटिमण्डपमा कार्यक्रम राखेको हो। चियापानका लागि एक लाख जनालाई निमन्त्रणा कार्ड बाँडिएको नेकपाले जनाएको छ। कार्यक्रममा ५० हजार बढिको उपस्थिति रहने नेकपाको दाबी छ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु,संबैधानिक निकायका प्रमुख,सांसद,कर्मचारी,सुरक्षा निकायका प्रमुख,कुटनीतिक नियोगका प्रमुख, लेखक,साहित्यकार,कलाकार,उद्योगपति,व्यवसायीहरुलाई निम्ता गरिएको छ। साथै,पेशागत एवं बुद्धिजीवी,नागरिक समाजका अगुवा,मानव अधिकारकर्मी, विभिन्न संञ्चार माध्यमका प्रमुख,पत्रकार,गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका व्यक्तिहरुलाई निमन्त्रणा कार्ड पठाइएको छ।
अपराह्न १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई आमन्त्रण गरिएको छ। अपरान्ह ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसद्हरू, संवैधानिक अंगका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सेवा निवृत्त पदाधिकारीहरू, सामाजिक जीवनका विभिन्न विधा, पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।