काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको २ दिने राजकीय भ्रमणको समीक्षा गर्न बैठक बस्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सचिवालय सदस्य एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल भने सहभागी भएका छैनन्
बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत अन्य सचिवालय सदस्यहरुको भने उपस्थिति रहेको छ।
यसअघि राष्ट्रपति सीको भ्रमणलाई नेकपा नेताहरुले 'ऐतिहासिक'को संज्ञा दिएका थिए। आजको सचिवालय बैठकले भ्रमणलाई लिएर नेकपाको आधिकारिक धारणा बाहिर ल्याउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।