निश्चल–स्वस्तिमाको ‘घामड शेरे’ ट्रेलरः खोलाले जग्गा बगाएपछि खोलाविरुद्ध नै मुद्दा

नेपाल लाइभ | २०७६ असोज २७ सोमबार | Monday, October 14, 2019 १३:०९:०० मा प्रकाशित

काठमाडौं– फिल्म क्षेत्रका ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलोपल्ट जोडी बाँधेर अभिनय गरेको फिल्म ‘घामड शेरे’को ट्रेलर रिलिज भएको छ। 

हेमराज विसीको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा स्वस्तिमा निश्चलको सालीको भूमिकामा रहेको देखिन्छ। तैपनि फिल्ममा उनीहरुविच प्रेम अंकुराउने ट्रेलरले अनुमान गराउँछ। 

ट्रेलर हेर्दा फिल्ममा निश्चल आफूले सस्तोमा पाएको जग्गा खोलाले बगाएपछि खोलाविरुद्ध नै मुद्दा हाल्ने निर्णयमा पुग्छन्। यो फिल्ममा गौरी मल्ल विशेष भूमिकामा छिन्। सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायत कलाकारको समेत फिल्ममा अभिनय छ। 

निर्देशक बिसीकै कथा/पटकथा रहेको फिल्म आउँदो कार्तिक ८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ। 

हेर्नुस् ट्रेलर: