काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपाल र चीनबीच १८ समझदारीपत्र र २ लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर, राजकीय भ्रमण सकेर राष्ट्रपति सी स्वदेश फिर्ता ।
२) सर्वोच्चले आदेश दिएको ७ वर्षपछि पूर्वमन्त्री एवम् कांग्रेस सांसद आलम पक्राउ, केही व्यक्तिलाई इटा भट्टामा लगेर मारेको अभियोग ।
३) सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत हुने विश्व बैंकको दाबी, दक्षिण एसियामा नेपालको वृद्धिदर बंगलादेशपछि दोस्रो ।
४) केन्याली धावक इलियटले पूरा गरे २ घन्टाभन्दा कम समयमा म्याराथन, आधिकारिक रेकर्ड भने नमानिने ।
५) र, जापानमा भारी वर्षा र तुफान, २३ जनाको मृत्यु, ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।