काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले सुरु गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम अहिले राष्ट्रिय संस्कृति जस्तै भएको बताएका छन्।
कांग्रेसद्वारा आइतबार आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले दलहरुबीच यस किसिमको कार्यक्रम दलहरुबीचको सहकार्यलाई अक्षुण्ण राख्ने माध्यम भएको बताएका छन्।
'नेपाली कांग्रेसको शुभकामना आदानप्रदानमा आउँदा मलाई सहयात्रीहरुकै बीचमा आएको महसुस हुन्छ। हेर्दै जाऔं, आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ। मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहने छ। एकता र शान्तिप्रतिको प्रतिबद्धता जारी रहने छ', प्रचण्डले भने।
उनले कांग्रेससँग सहयात्रीकै रुपमा निरन्तर अगाडि बढिराखिने समेत बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।