काठमाडौं- नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जीनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
भेटमा चिनियाँ राष्ट्रपति सीले चीनलाई विभाजन गर्न खोज्ने जो–कोहीको प्रयास व्यर्थ हुने चेतावनी दिएका थिए।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार उनले चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्याइरहेका बाह्य शक्तिलाई पनि चिनियाँ जनताले निस्तेज पारिदिने चेतावनी दिएका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिप्रति अडिग रहेको बताएका थिए।
उनले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि शक्तिलाई विभाजनकारी गतिविधि गर्न नदिने समेत प्रतिबद्धता दोहोर्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।