• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोप लागेका पूर्वमन्त्री आलमसँग जोडिएको त्यो घटना

64x64
नारायण अधिकारी आइतबार, असोज २६, २०७६  १२:५८
1140x725

काठमाडौं– इँटा भट्टामा जिउँदै मान्छे जलाएर हत्या गरेको आरोप लागेको कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहमद अफताब आलम पक्राउ गरेका छन्। हत्या गरेको आरोप लागेको झण्डै १२ वर्षपछि आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ। 

उनले आततायी तरिकाले व्यक्ति हत्या गरेको आरोप लागेको थियो। 

यस्तो थियो आलमलाई आरोप लागेको त्यो घटना
२०६४ साल चैत्र २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको साविकको राजपुरफरहदवा गाविस ४ स्थित शेख इद्रिसको घरमा बम बिस्फोट भएको थियो। 

बिस्फोटमा इद्रिसको घरको छानो समेत नष्ट भएको थियो। इद्रिस अहिले पक्राउ परेका आलमका काका हुन्। उक्त बिस्फोटमा नारायणसिंह राजपुतका २२ वर्षीय छोरा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र रोक्साना खातुनको छोरा वर्ष २२ वर्षीय ओसी अख्तरसहित अन्य केही व्यक्ति घाइते भएका थिए।

भोलिपल्ट चैत २८ गते  संविधानसभा सदस्य चुनावको प्रचार प्रसारका लागि आलमले पिन्टु र ओसीलाई आफ्ना मान्छेमार्फत घरबाट लिएर गएका थिए।  

निर्वाचनमा आफू विजय हुन र अन्य पार्टीका कार्यकर्ताहरूलाई तर्साउन भन्दै आलमको योजनामा काकाको घरमा बम बनाउने कार्यक्रम थियो। बम बनाउने क्रममा पिन्टु र ओसीसहित अन्य व्यक्ति पनि घाइते भएका थिए।

घाइते पिन्टु र ओसीले होसमा छँदै हामीलाई उपचार गराउनुहोस् वा हामीलाई छाडी दिनुहोस् भनेका थिए। तर उनीहरुलाई छाड्दा उक्त बम बिस्फोटको घटना सार्वजनिक हुने भन्दै आलमको योजनामै उनीहरुले छाडिएन। उपचार गर्न पनि लगिएन।

त्यसपछि आलमकै योजनामा पिन्टु र ओसीलाई नजिकैको इँटा भट्टामा लगेर जिउँदै पोलेर हत्या गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुलाई जिउँदै पोलेको देख्ने स्थानीय चश्मदीदले समेत बयान दिएका थिए। आलमकै योजनामा हत्या भएको जानकारी पाएपछि पिन्टु र ओसीका अभिभावकले जिल्ला प्रहरी कार्यालय रौतहटमा आलमसहित उनका भाई मोहम्मद मोहताब आलम, शेख भदई, शेख मोविन आलम, शेष सराजविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए।

त्यसबेला रौतटह प्रहरीले किटानी जाहेरी लिएको थिएन। उक्त जाहेरी बार एशोसिएशनको रोहबरमा सनाखत भएको भए तापनि उक्त घटनाको विषयमा विपक्षीहरूलाई गम्भीर भई अनुसन्धान अगाडि बढाउन र अपराधीलाई कारवाही गर्न बारम्बार अनुरोध गर्दासमेत कुनै सुनुवाई नगरिएको पीडितको आरोप थियो। 

यो घटनाका बारेमा त्यसबेला इन्सेक, नेपाल वार एशोसिएशन तथा मानव अधिकार आयोगले स्थलगत अध्ययन गरी न्यायिक छानबीन आयोगको माग गरेक थिए।

पछि उक्त मुद्दामा २०६५ असार ३० गते महान्यायाधिवक्ता कार्यालयबाट मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने यकीन हुन नसकेको साथै उनीहरुको मृत्यु हत्याबाट हुन गएको भन्ने पुष्टि हुन सकेको भन्दै हत्या देखिएमा पछि मुद्दा चलाउन सकिने हुँदा अहिले कसैउपर मुद्दा नचलाउने निर्णय भएको थियो। 

इँटा भट्टा तथा शेख ईद्रिसको गोठ घरको माटो परीक्षणको लागि त्यसबेला केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, महाराजगञ्ज, काठमाडौंमा पठाइको थियो। 

बालुवा जस्तो पदार्थमा मानिस जलाएको देखिन्छ/देखिँदैन भन्ने बारेमा विष्फोटक पदार्थ परीक्षण गर्ने सुविधा हाल यस प्रयोगशालामा नभएको भन्ने उत्तर प्रहरीको विधि विज्ञानले पठाएको थियो।

त्यसबेला आरोपित मध्येका शेख इद्रिसलाई पक्राउ गरिए पनि सबुद प्रमाण नपुगेको भन्दै जिम्मा जमानीमा छाडिएको थियो। उक्त मुद्दामा कपोलकल्पित व्यहोरा उल्लेख गरी अदालतसमक्ष दर्ता गराएको रिट निवेदन खारेजभागी छ, खारेज गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालय, रौतहट गौरका तत्कालीन प्रमुख एसपी जयबहादुर चन्दको लिखित जवाफ दिएका थिए।

बम विष्फोटन भएको घटनास्थल मुचुल्का, बम विष्फोटनबाट पिन्टु र ओसी अख्तरलाई चोट लागेको देख्ने सराजुल मियाँ र ओहीद मियाँको कागजबाट घटना घटेको पुष्टि भएको थियो। घटनास्थलबाट बरामद भएको माटो तथा मृतक ओसी अख्तर मियाँको स्वीटर हाइनेक, कालो रङ्गको मोजा जोडी, कालो रङ्गको जुत्ता जोडी फेला परेको थियो। ती सबदुहरु रौतहट प्रहरीले २०६५ जेठ १९ गते जाँचका लागि पठाएको पत्रबाट पुष्टि भएको थियो।

प्रहरीकै पत्रमै यस्ता प्रमाण उल्लेख भएको अवस्थामा या त लास वा जीवित व्यक्तिको उपस्थिति प्रतिवादीले देखाउन सक्नु पर्नेमा आलमले देखाउन नसकेको भन्दै पीडित पक्षका अधिवक्ताद्धय केदारप्रसाद दाहाल र नारायणप्रसाद देवकोटाले सर्वोच्च अदालतमा बसहनोट पेश गरेका थिए।

हत्या अरोपितहरुले मृतकका बारेमा केही बताउन नसकेकाले यर्थाथ छानबिन गर्नुपर्ने देखिएको सर्वोच्चको ठहर थियो।

जसकारण घाइते अवस्थाका पिन्टु र ओसीलाई जिउँदै जलाई मारेको घटनाको सम्बन्धमा मुद्दा चलाउनु पर्ने अवस्था देखिएकोले मुद्दा नचलाउने भनी गरिएको रौतहट जिल्ला सरकारी वकील कार्यालयको निर्णयलाई सदर गरेको पुनरावेदन सकारी वकील कार्यालय, हेटौंडाको निर्णयलाई सदर गर्ने गरी महान्यायाधिवक्ता कार्यालयको मिति २०६५ असार ३० गतेको निणर्य सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीले २०६९ जेठ १६ गते उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको थियो। 

उक्त मुद्दाको गम्भीर रूपले अनुसन्धान गरी कारबाही गर्न समेत अदालतले आदेश दिएको थियो। सुशीला कार्की पछि प्रधानन्यायाधीश भईन्। उनीविरुद्ध कांग्रेसले महाभियोग प्रस्ताव नै ल्यायो।

अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गरेन। बरु आफ्नो छोराको हत्यारालाई कार्वाही गर्दै सर्वोच्चमा रिट दिएकी ओसीका आमा रोक्सना खातुनको रौतहटमा नै रहस्यमय ढंगले हत्या भयो। छोराको हत्यारामाथि कार्वाहीको माग गर्दागर्दै खातुनको हत्या भएको थियो। खातुनका हत्यारा पनि पक्राउ परेका छैनन्।  यसमा पनि शंकाको सुइ आलम तिरै सोझिएको छ।

२०१९ असार ५ गते जन्मिएका अफताब आलम स्नातक (बिएस्सी) सम्मको अध्ययन गरेका छन्। २०५३ सालको उपनिर्वाचन, २०५६ र २०६४ सालमा रौतहट २ बाट बिजयी भएका आलम बिभिन्न पटक पटक गरी ६ पटक बिभिन्न मन्त्रालयहरु समालिसकेका छन्। 

२०३४ सालबाट राजनितिक यात्रा शुरु गरेका आलम २०४५ सालदेखि पार्टीको कार्यबाहक सभापति हुँदै दुइ पटक जिल्ला सभापति र एक पटक केन्द्रिय सदस्य भइसकेका छन्। २०७० सालको संबिधान सभाको निर्वाचनमा भने उनी पराजित भएका थिए। ०७४ सालमा सम्पन्न निर्वाचनमा उनी रौतहट २ बाट विजयी भएका थिए।

 

प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्