काठमाडौं– अमेरिकाले भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि नेपाल सरकारले गरेको प्रयासप्रति खुसी व्यक्त गरेको छ।
बाढीमा करिब ९० अमेरिकी नागरिक बेपत्ता भएको द गार्जियन पत्रिकाले जनाएको थियो।
कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले मंगलबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट गर्दै सरकारी प्रयासका लागि धन्यवाद दिएकी छिन्।
भेटपछि दूतावासले भोटेकोशी बाढीबाट प्रभावित नेपाली समुदायप्रति अमेरिकाको तर्फबाट समवेदना व्यक्त गरिएको जनाएको छ।
भेटमा सुदृढ अमेरिका–नेपाल साझेदारीलाई थप अघि बढाउनेबारे छलफल भएको जनाइएको छ।
यस्तै, विनाशकारी भोटेकोशी बाढीपछि अमेरिकाले नेपाललाई प्रदान गर्दै आएको ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहायता निरन्तर रूपमा उपलब्ध गराउने कार्यवाहक राजदूत बोल्डिनले जनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।