काठमाडौ- पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो ।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्याउँदै निधन भइसकेको थियो । आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको अस्पतालले जनाएकाे छ ।
एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए । एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उनी त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय भएका थिए । उनले जनता टिभी पनि सञ्चालन गर्दै आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।