काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेकपाको सचिवालयका सदस्यहरुले भेटघाट गरेका छन्।
होटल सोल्टीमा नेकपा अध्यक्ष प्रचण्डको नेतृत्वमा सचिवालयका सदस्यहरु सीलाई भेट्न पुगेका थिए।
२ दिने राजकीय भ्रमणका अवसरमा शनिबार अपरान्ह नेपाल आइपुगेका सीले आइतबारको पहिलो राजनीतिक भेटघाटको रुपमा नेकपा सचिवालयका सदस्यहरुलाई भेटेका हुन्। नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी बीचमा भगिनी सम्बन्ध स्थापित छ। सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव हुन्।
यसअघि सीले शनिबार साँझ राष्ट्रपति विद्या भण्डारी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।