काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने नेपाल भ्रमणका लागि काठमाडौंमा, २३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुखको पहिलो नेपाल भ्रमण । (चिनियाँ राष्ट्रपति नेपालमा)
२) चीनियाँ राष्ट्रपति सीको स्वागतका लागि राष्ट्रपति र प्रधानमन्त्रीलगायत विमानस्थलमा, राष्ट्रपति सीलाई गार्ड अफ अनर प्रदान । (सीलाई उच्च सम्मान)
३) नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सोमबारबाट सुरु हुँदै, अन्तरदेशीय प्रशारणलाइन र विद्युत व्यापार मुख्य एजेन्डा । (सचिवस्तरीय बैठक)
४) युरोकप छनोट खेलमा पोर्चुगलद्वारा लक्जेमवर्ग ३–० गोल अन्तरले पराजित, ५ खेलबाट ११ अंक प्राप्त गर्दै पोर्चुगल दोस्रो स्थानमा । (पोर्चुगल विजयी)
५) र, भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति सीबीच शनिबार अनौपचारिक भेट, दुई देशबीचको मतभेद अन्त्य गर्ने प्रधानमन्त्री मोदीको भनाई । (भारत चीन अनौपचारिक भेट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।