काठमाडौ– संघीय संसद्को प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी सूचना टाँसेर गराइएको छ।
संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचना जारी गर्दै महरालाई पक्राउ गरिएको जानकारी गराएका हुन्। याे सूचनासँगै महराकाे सांसद पद पनि गुमेकाे छ। उनी निलम्बनमा परेका छन्।
असोज १९ मा प्राप्त लिखित पत्रपछि आज संसद् सचिवालयले सूचना प्रकाशित गरेको हो।
प्रतिनिधिसभा नियमावलीको नियम २४४ अनुसार उक्त सूचना प्रकाशन गरिएको थियो। उक्त नियमावलीमा प्रतिनिधिसभाको सदस्य पक्राउको जानकारी दिने व्यवस्था रहेको छ। उक्त व्यवस्था अनुसार महासचिवले सभामुखबाट राजीनामा दिएपछि सांसद पदमा कायम रहेका महरालाई पक्राउ गरिएको जानकारी गराइएको हो।
यस्तो नियमावलीको नियमः
संसद् सचिवालयको सूचनामा महरामाथि अनुसन्धानका लागि संविधानको धारा १०३ अनुसार पक्राउ अनुमति जिल्ला अदालतबाट लिएर गरिएको उल्लेख छ। सभामुख निवासबाट असोज १९ गते उनलाई नियन्त्रणमा लिइएको उपसभामुख शिवमाया तुम्बहाङफेलाई जानकारी गराइएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।