काठमाडौं– दशैंमा मनाउन काठमाडौं छाडेर २६ लाख ९८ हजार ६ सय ६८ जना बाहिरिएका छन्। उपत्यका ट्राफिक प्रहरीले ५ गते देखि २२ गतेसम्म संकलन गरेको तथ्यांकले यस्तो दर्शाएको हो।
दशैंको छेकमा उपत्यकामाभने १२ लाख एक हजार ७ सय १ भित्रिए। उपत्यका बाहिर जानका लागि अग्रिम टिकट बुकिङ १ लाख ५४ हजार २४७ जनाले गरेको प्रहरीले जनाएको छ।
यात्रासँग सम्बन्धित रहेर एक सय ४० वटा गुनासो प्रहरीलाई गरिएको छ। तीमध्ये धेरैले अग्रिम बुकिङ गरिएको टिकट नपाएको, टिकटमा गाडि नम्बर नभएको, सिट नम्बर नलेखेको, बढी भाडा लिएको र ट्राफिक जाम बढी भएको गुनासो गरेका छन्।
दशैं मनाएर बुधबार ७० हजार ७ सय ५९ जना उपत्यका फर्किसकेका छन् भने ५६ हजार ७ सय ५ जना उपत्यका बाहिर गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।