• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २९, २०८२ Fri, Mar 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘हाम्रो लागि दसैँ भनेकै फुटबल’

64x64
ऋग्वेद शर्मा मंगलबार, असोज २१, २०७६  ११:५९
1140x725

काठमाडौं– ‘हाम्रो लागि दसैँ नै फुटबल हो। टीका लगाउने समय घरको याद त आइहाल्छ तर देशका लागि केही गर्ने अवसर चाड भन्दा ठूलो हुने रहेछ। विश्वकप छनोटको खेलमा राम्रो नतिजा निकाल्न सक्यौं भने दसैंको खुसी यही हुनेछ।’

अस्ट्रेलियामा विश्वकप छनोट खेल्ने तयारीमा रहेका नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठले दसैं सम्झँदै सुनाएको यो भनाइ अरु खेलाडीहरुसँग पनि मिल्छ। विश्वकप फुटबल छनोट अन्तर्गत अस्ट्रेलियासँग खेल्न गएको नेपाली टोली अहिले उतै छ। 

नेपालले अस्ट्रेलियासँग बिहीबार खेल्दैछ। अस्ट्रेलियासँगको खेलपछि नेपाली टोली आउँदो २८ गते हुने जोर्डनसँगको खेलका लागि सिधै उतै लाग्दैछ। चाडको बेला देशबाट टाढा रहनु परे पनि नेपाली राष्ट्रिय टिमको खेलाडी हुन पाउनु गर्वको कुरा भएको खेलाडीहरू सुनाउँछन्। 

क्यानबेरामा पाँच हजारभन्दा बढी दर्शक उपस्थित हुने आश गरिएको मैदानमा आफूहरूले पाउने हौसला र विश्वकप खेलिसकेको अस्ट्रेलियासँगको फुटबल भिडन्त नेपाली खेलाडीलाई दसैंको रमझम बिर्साउने क्षण बन्नेछ। 

नेपाली टिम गएको १५ गते बुधबार अस्ट्रेलिया गएको हो। अस्ट्रेलिया जानुअघि १४ गते मंगलबार भएको कुराकानीमा खेलाडीहरूले फुटबलले दिने खुसी र देशका लागि केही गर्ने अवसर दसैं भन्दा महत्वपूर्ण हुने सुनाए। अस्ट्रेलियामा रहेका नेपालीसँगको भेटघाटले आफन्तको नियास्रो मेटिने बताइरहेका उनीहरू सम्पूर्ण ध्यान भने फुटबलमा नै केन्द्रित रहेको बताउँछन्।

विश्वकप छनोटको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई उसैको मैदानमा २–० ले हराएको थियो। नेपालको जितमा दुवै गोल अन्जन बिष्टले गरेका थिए। 

अस्ट्रेलियासँग खेल्ने तयारीमा रहेका अन्जन भन्छन्, ‘यो बेला नेपालमा परिवारसँग हुन पाएको भए धेरै नै रमाइलो हुन्थ्यो नै। तर, हामी अहिले एउटा उद्देश्यमा छौं। अस्ट्रेलियामा पनि केही रमाइलो गर्ने नै छौं। तर हाम्रो लागि दसैं भनेको नै फुटबल जस्तो भएको छ। साथीभाइ सबै सँगै हुन्छौं। चाइनिज ताइपेइसँगको खेलमा जस्तो विश्वस्त भएर खेल्नेछौं।’ 

अस्ट्रेलिया जानुअघिको बिदाइ कार्यक्रममा नेपाली टिमको कप्तान रहेका गोलकिपर किरण चेम्जोङले सम्पूर्ण नेपालीलाई विजया दशमीको शुभकामना दिँदै आफूहरूको खेलले दसैंलाई अझ सुखद् बनाउने बतााएका थिए। ‘हामी खेलाडीको काम बोल्ने होइन, हाम्रो बोली भनेकै मैदानमा देखाउने खेल हो। त्यसैले खेलमा राम्रो गर्ने योजनामा छौं। दसैंको समयमा विदेशी भूमिमा नेपाली दर्शककै साथ पनि हामीलाई हुने नै छ,’ उनले भने। 

Ncell 2
Ncell 2

गएको वर्ष दसैंको टीका लगाउन नपाएका अन्जनलाई यसपटक पनि टीका छुट्ने भयो भनेर केही नरमाइलो भने छ। ‘गएको वर्ष हाम्रोमा टीका थिएन। यसपटक थियो तर आफू भने बाहिर हुने भएँ। दसैं हामी सबैका लागि खुसीको चाड हो। यो पटक परिवारसँगै हुन पाउने कुरा छुट्यो। त्यसको सम्झना आइनै रहने छ,’ उनले सुनाए। 

अस्ट्रेलियासँग राम्रो खेलेर सुखद् नतिजा ल्याउँदै सबैलाई दसैंको उपहार दिने उनले पनि दोहोर्‍याए। ‘खेल राम्रो भयो भने त्यही नै दसैंको खुसी हो। यो पटक हामीले राम्रो खेलेर नेपालीहरूका लागि दसैंका उपहार दिन सक्छौं जस्तो लागिरहेको छ। त्यसैले दसैं भुलेर मेहनतमा लागिरहेका हौं,’ अन्जनले भने।  

अन्जनलाई जस्तै हेमन गुरुङ र बिशाल राईलाई पनि दसैँको टीकामा परिवारसँगै हुन नपाएको सम्झनाले केही नराम्रो लागिरहेको छ। हेमनका भाइ विदेश जाने प्रक्रियामा रहेकाले अर्को वर्ष भाइसँगै दसैं मनाउन नपाइने हो कि भन्ने चिन्तामा छन्। बिशाल भने यो वर्ष आफ्नो भान्जाको पहिलो दसैं भएको हुँदा फरक अनुभव गर्ने अवसर छुटेको बताउँछन्। 

‘दसैं यसरी नै मनाउने भन्ने योजना त थिएन तर घरमा सबै भेट भइन्थ्यो। फेरि भाइले विदेश जाने प्रक्रिया गरिरहेको हुँदा अर्को वर्ष उसँग दसैं मनाउने अवसर नजुट्ला, यो वर्षसँगै हौं भन्ने थियो तर मिलेन,’ नमजा मानेजसरी हेमनले सुनाए। 

आफूसँगै टिमका सबै साथी हुने हुँदा केही भए पनि मन सन्तोष हुने हेमनले बताए। ‘यो पटक नेपाली टिमले नै दसैंको टीका सम्झिरहनेछ। म त यहीँ एन्फा बस्दा बस्दै पनि चार÷पाँच पटक त दसैं छुटिसकेको छ। उमेरसमूहको खेलमा कहिले भारत, कहिले कता भइरहेको थियो। सिनियर टिममा हुँदा यो पटक नै हो दसैं छुटेको,’ उनले भने। 

जे होस्, हेमनका लागि पनि फुटबल जति महत्वपूर्ण अर्को कुरा छैन। दसैंका बेला घरमा हुने खानपानको याद आइरहने उनको अनुभव छ। ‘हुन त खानपान बाहिर पनि हुन्छ नै। तर, घरको जस्तो त कहाँ हुनु र। टीकाकै दिनमा त अझ अलि नरमाइलो नै लाग्ने रहेछ,’ उनले भने। 

घर जस्तो परदेश हुने नभए पनि आफूहरूको जिम्मेवारी देशको जिम्मेवारी रहेको विशाल सुनाउँछन्। विशालले यसवर्ष भान्जासँग पहिलो पटक केही फरक रुपमा दसैं मनाउने सझिरहेका थिए तर खेल परेर अस्ट्रेलिया पुग्नु परिहाल्यो। दसैंमा जस्तोसुकै रमाइलो हुने भए पनि खेलाडीको लागि पहिलो प्राथमिकता त खेल नै हुने भइहाल्यो।  

यसअघि पनि खेलकै कारण दसैँहरु छुटेको सम्झना विशालसँग छ। त्यसैले चाडका बेला विदेशमा हुँदा कसरी मन बुझाउने र कसरी रमाइलो गर्ने भन्ने विशाललाई थाहा छ। ‘घरमा गरेको जस्तो रमाइलो त बाहिर हुँदैन तर पनि साथीहरूसँग पनि रमाइलो त गर्नुपर्छ। एकपटक यु १६ मा इरानमा खेल्न जाँदा दसैंमा नै परेको थियो। एकपटक साफको अभ्यास हुँदा काठमाडौंमा नै हुँदा पनि घर जान पाइनँ। अरु बेला त दसैँ घरमा नै मनाएको छु,’ उनले सम्झिए। 

राष्ट्रिय टिमको अभ्यास हुने भएकाले घरमा जाने फुर्सदको समय खेलाडीहरुले अरु बेला पनि उति पाउँदैनन्। दसैँ उनीहरुका लागि पनि परिवार र आफन्त भेट्ने एक मात्र फुर्सदको समय बनिरहेको हुन्छ। अझ त्यसमा पनि विशालका लागि त दसैंसँग गाउँमा हुने फुटबल प्रतियोगिताहरुको सम्झना पनि ठूलो छ। 

‘प्रायः घरमा अरु समयमा जान पाइँदैन। गाउँमा साथीहरूसँग भेट हुने पनि दसैंकै बेलामा हो। साथीहरू भेटेर यताउता डुल्दा रमाइलो नै हुन्छ। दसैं तिहारको समयमा हाम्रोतिर फुटबल प्रतियोगिताहरू पनि असाध्यै धेरै हुन्छ। पहिले त टीकाको अघिल्लो दिनसम्म पनि प्रतियोगिता चलिरहेको हुन्थ्यो। ती क्षणहरु पनि सम्झनामा आइरहने छन्,’ विशालले भने। 

विदेशमा रहेका नेपालीहरू दसैंका लागि नेपाल फर्किरहँदा अस्ट्रेलिया जाने सामान मिलाइरहेका थिए विकेश कुथु। नेपाली राष्ट्रिय टिममा दोस्रो रोजाइका गोलकिपर रहेका बिकेशका आफन्तहरू पनि अस्ट्रेलियामा धेरै नै छन्। त्यसैले उनी आफन्तका लागि नेपालबाट लगिदिने सामान आफ्नो सामान भन्दा धेरै भएको सुनाइरहेका थिए। अरु खेलाडीको तुलनामा उनलाई परिवारको सम्झनाले धेरै सताउने भने छैन। त्यहीँ रहेका आफन्तसँगको भेटले थप खुसी दिनेछ। 

‘दसैं त अहिलेसम्म सधैं घर परिवारसँगै मनाइरहेको हो। योपटक अलिकति खल्लो हुने भइहाल्यो। देशको कुरा छ, हाम्रो मुख्य ध्यान फुटबलमा नै हुने भएकाले मन बुझाउने बाटो भने छ। अस्ट्रेलियामा पनि परिवारका सदस्यहरू त हुनुहुन्छ। भेटघाट त होला तर हाम्रो मुख्य उद्देश्य फुटबलमा राम्रो गर्ने नै हो,’ अस्ट्रेलिया जानुअघि बिकेशले सुनाएका थिए।

नेपाली राष्ट्रिय फुटबल टिमले दुई वर्षअघि सोलिडारिटी कपको उपाधि जित्दा तिहारको समय परेको थियो। त्यतिबेला उनीहरुले सम्पूर्ण नेपालीलाई विदेशी भूमिबाटै खुसी दिएका थिए। यसपटक पनि अस्ट्रेलियासँगको खेलले चाडबाड अझ रमाइलो बनाउने सकिने विश्वासमा छन् बिकेश र नवयुग। 

सोलिडारिटी कप खेल्दाको समय सम्झँदै नवयुग भन्छन्, ‘तिहारमा परार साल मलेसियामा हुँदा सोलिडारिटी कप जितेका थियौं। योपटक पनि राम्रो गर्छाैं जस्तो लागेको छ। अभ्यास पनि राम्रो भएको छ। हामीले गरेको मेहनत हेर्दा अस्ट्रेलियालाई बराबरीमा रोक्न सक्छौं कि जस्तो लागेको छ। जे होस हामीले राम्रो गर्नेछौं। त्यो खेलले दसैंको भन्दा धेरै खुसी दिनेछ,’ नवयुगले भने। 
सम्पूर्ण नेपालीबाट आफूहरूलाई दसैंको सम्झना र शुभकामना रहेको हुँदा हौसला अझ थपिएको खेलाडीहरू बताउँछन्। 

विश्वकप छनोटमा अस्ट्रेलिया जस्तो बलियो देशसँग नेपालले खेल्न लागेको यो पहिलो पटक हो। यसैले पनि खेलाडीहरू भिन्न अनुभवको प्रतीक्षामा छन्। फिफा वरियतामा ४४औं स्थानमा रहेको अस्ट्रेलियाविरुद्ध १ सय ६१औं स्थानमा रहेको नेपालको राम्रो खेलले दिने खुसी त छँदैछ। हार्नै परे पनि केही नयाँ कुरा सिक्न पाउने अवसर ठूलो कुरा रहेको खेलाडीहरू बताउँछन्। 

‘हामी यत्तिकै हार मान्ने खालका भने होइनौं। भनिन्छ नै गोर्खाली हारे पनि लडेरै हार्छ, मेहनत गर्छ, त्यो मेहनत फुटबल मैदानमा हामी पनि गर्नेछौं,’ उत्साहित हुँदै कप्तान चेम्जोङले भनेका छन्।
फिफा वरियताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको हो। जसमा अप्रिलमा भएको वरियताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।

विश्वकप छनोटको दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसिया कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्