• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

दसैँमा मासु छान्दा के–के कुरामा ध्यान दिने ?

64x64
नेपाल लाइभ आइतबार, असोज १९, २०७६  ०७:३०
1140x725

मासु पोषिलो खाना हो। तर धेरै खानाले यसले हाम्रो शरीरलाई हानि पुर्‍याउँछ।  नकारात्मक असर पर्छ। त्यसैले बिरामीले मात्र होइन, स्वस्थ व्यक्तिले पनि मासु खाँदा विशेष ध्यान दिनुपर्छ। 

दसैँका बेला मासु यति खानुपर्छ, उति खानुपर्छ भनेर सुझाव दिएको देख्दा अचम्म लाग्ला। कतिपयलाई त रिसक पनि उठ्छ होला। तर, आज टन्न खाएर भोलि पछुताउनुभन्दा बेलैमा सचेत हुनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। आवश्यकताअनुसार मात्रै मासु खाएर आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै बुद्धिमानी हुनेछ। चाडबाडमा चाहिनेभन्दा बढी मासु खाएर वर्षभरि अस्पताल धाउनुपरेका घटना थुप्रै छन्। 

मासु पोषिलो खाना हो। तर, धेरै खानाले यसले हाम्रो शरीरलाई हानि पु¥याउँछ।  नकारात्मक असर पर्छ। त्यसैले बिरामीले मात्र होइन, स्वस्थ व्यक्तिले पनि मासु खाँदा विशेष ध्यान दिनुपर्छ।  
मासुबाट पूर्ण पोटिन प्राप्त गर्न सकिन्छ, जुन शरीरिक विकासका निमित्त अति नै आवश्यक हुन्छ। प्रोटिन बन्नका लागि चाहिने अमिनो एसिड मासुमा पूर्ण रुपमा पाइन्छ। मानव शरीरभित्र बन्न नसक्ने तर खानाबाट प्राप्त गर्नुपर्ने १० वटा एअमीनो एसिड हुन्छन्, त्यो  मासुबाट वा जनावर स्रोतबाट पूर्ण रुपमा प्राप्त गर्न सकिन्छ। मासु प्रोटिनको मुख्य स्रोत हुँदाहुँदै पनि धेरै खायो भने शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढ्दै जान्छ। आवश्यक रुपमा खायो भने यसले पोषण प्रदान गर्छ। र, अनावश्यक रुपमा खायो भने नकारात्मक असर पुर्‍याउँछ, विभिन्न रोग लाग्छ। 
कति खाने मासु 

एउटा व्यक्तिले कति क्यालोरी लिन्छ, त्योअनुसार भर पर्छ। साधारण भाषामा भन्ने हो भने एउटा वयस्क व्यक्तिले दिनमा ३ सर्भिङ खानुपर्ने हुन्छ। एक सर्भिङमा ३० ग्राम हुन्छ भने ३ सर्भिङमा ९० ग्राम क्यालोरी प्राप्त गर्न सकिन्छ। 

१० ग्राम मासुमा २० देखि २२ ग्राम प्रोटिन पाइन्छ। रातो मासु, सेतो मासु दुवैमा प्रोटिनले भरिपूर्ण हुन्छ। रातो मासुमा कार्बोहाइड्रेट हुँदैन तर क्यालोरी हुन्छ। क्योलोरी कति हुन्छ भन्नेचाहिँ मासुमा भएको चिल्लो पदार्थमा भर पर्छ। मासुमा कार्बोहाइड्रेट नभए क्यालोरी हुने हुँदा हामीले तौल घटाउन प्रयोग गर्न मिल्दैन। चिल्लो पदार्थ भएको मासुले कोलेस्टेरोल बढाउँछ। 

दैनिकको खाना होस् वा चाडपर्वमा भोजन सन्तुलन मिलाएर खानुपर्छ। सन्तुलित खानेकुरा भनेको ५ वटा खाद्य पदार्थ जस्तैः अन्न, दाल, गेडागुडी, माछा, घ्यू, तेल, सागसब्जी फलफूल  मिलाएर खाने गर्नुपर्छ। चाडबाडमा रमाइलो गर्नुका साथसाथै आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ। चाडपर्वमा यति खा, उति खा भन्ने कुरा हुँदैन। त्यसैले कति खानुपर्ने हो आफैंले विचार गर्ने कुरा हो। 
बढ्ने उमेर भएकाले अन्य व्यक्तिको तुलनामा बच्चालाई प्रोटिनको मात्रा धेरै चाहिन्छ। वयस्कलाई १ ग्राम पोटिन प्रतिकेजी चाहिन्छ भने बच्चालाई १.५ प्रोटिन प्रति केजी चाहिन्छ।  
मासु छान्दा के–के कुरामा ध्यान दिने ?

मासु भन्दैमा जस्तो पायो त्यस्तै खायो भने पनि प्रोटिन प्राप्त गर्नुभन्दा पनि रोग निम्तिने खतरा हुन्छ। मासुमा प्रोटिन र चिल्लो पदार्थ दुवै पाइने हुँदा जहिले पनि छाला र बोसोरहित मासु छनोट गर्नुपर्छ। मासुमा पाइने चिल्लो पदार्थले शरिरमा विभिन्न रोग निम्त्याउने गर्दछ। कतिपय ठाउँमा बोसो पगालेर विभिन्न परिकार बनाउने गरिन्छ। त्यो रोगको प्रमुख स्रोत हो। मासुमा जति धेरै चिल्लो पदार्थ हुन्छ त्यहीअनुसार क्यालोरी पनि बढ्छ। क्यालोरीले शरीरमा रोग निम्त्याउने गर्दछ। 

बोसो नभएको ३० ग्राम मासुमा ५५ ग्राम क्यालोरी हुन्छ। यदि मासुमा चिलो पदार्थको मात्रा थोरै छ भने ३० ग्राम मासुबाट हामीले झन्डै ९० ग्राम क्यालोरी प्राप्त गर्न सक्छौँ। यदि मासुमा छाला र बोसो दुवै छ भने ३० ग्राम मासुमा १ सय २० क्यालोरी प्राप्त गर्न सकिन्छ। मासुमा भएको चिल्लोले शरीरको क्यालोरीको मात्रा थपघट गराउने काम गर्छ। 
रातो मासु राम्रो कि सेतो 
रातो र सेतो दुवै मासु प्रोटिनले भरिपूर्ण हुन्छ। सेतो मासुमाभन्दा रातो मासुमा खनिज पदार्थको मात्रा बढी हुन्छ। सेतो मासुको तुलनामा रातो मासुमा बढी चिल्लो पदार्थ हुन्छ, यसले कोलेस्टेरोल हाई गर्छ। मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका बिरामीलाई रातो मासु नदिनु नै उपयुक्त मानिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

रातो मासुको तुलनामा सेतो मासुमा चिल्लो पदार्थ कम हुन्छ। सेतो मासु आवश्यक मात्रामा खानु उपयुक्त मान्न सकिन्छ। बोसो र छालारहित मासु वयस्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ। 
यदि दीर्घ रोग लागेको छ भने त्यस्ता व्यक्तिलाई रातो मासु उपयुक्त हुँदैन। मुटुको रोगी, गाउटका बिरामी, किड्नीका बिरामीलाई रातो मासु उपयुक्त हुँदैन। कुनै संस्कृतिमा रातो मासुको प्रयोग गर्नैपर्ने हुन्छ। जस्तैः नेवारको भोजमा, पूजा गर्दा रातो मासु खानैपर्ने हुन्छ। त्यस्तो बेला थोरै मासु प्रयोगमा ल्याउनु उचित हुन्छ।

मासु खाँदा के कुरामा ध्यान दिनुपर्छ?
हामीले जनावरको टाउकोदेखि पुच्छरसम्मका सबै अंगको मासु खाइरहेका हुन्छौं। तर, त्यस्तो मासु खाँदा कसरी खाइराखेका छौँ त्यसमा ध्यान दिनुपर्छ। हामीले खाने गरेका सबै अंगको मासु शरीरका लागि स्वास्थ्य कर छन् त? 
जनावरको मुटु–कलेजो खाँदा विचार पुर्‍याउनुपर्छ। त्यस्तो अंगको मासु धेरै पोषिलो हुनुका साथै भिटामिन र खनिज पदार्थ पाइन्छ। तर यस्तो मासु बनाउने तरिका कस्तो छ र हामीले केसँग खाँदैछौँ त्यसमा ध्यान दिनुपर्छ। 

हामीले त्यस्तो अंगको मासु स्वादको निमित्त फ्राई गरेर खाने गर्छौं। एक त त्यस्तो मासु चिल्लो हुन्छ, त्यसमाथि फ्राई गरेर खाँदा चिल्लो पदार्थ झन् थपिने गर्छ। त्यस्तो मासु पेय पदार्थसँग खाँदा पनि स्वास्थ्यलाई हानि पुर्‍याउँछ।

काँचो मासु स्वास्थ्यका हिसाबले कति उपयुक्त छ ?
मासु मानिसलाई मात्र होइन, जिवाणुलाई पनि उत्तिकै मन पर्छ। यदि मासु खुल्ला ठाउँमा १÷२ घण्टा राखियो भने त्यो मासुमा जिवाणु उत्पन्न हुन्छन्। धेरै समुदायले दसैँको बेलामा काँचो मासु साधेर खाने गरेको पाइन्छ। त्यस्तो मासु खानु त्यति उपयुक्त हुँदैन। काँचो माुले अपच हुने, पेट फुल्ने जस्ता समस्या निम्त्याउँछ। यदि त्यस्तो मासु खानै प¥यो भने तोरीको तेलमा झानेर खानु उपयुक्त हुन्छ। यदि पाचन प्रणलीमा कुनै समस्या छैन भने मात्र यस्तो मासु थोरै मात्रामा खाना सकिन्छ, तर पोषणको हिसाबले उपयुक्त हुँदैन। 

Xtrem

Xtrem

धेरै मासु ल्याउँदा ध्यान दिनुपर्ने कुरा 
दसैँको बेलामा सबै पसल बन्दा हुने भएकाले एकै पटक ५/६ दिनलाई पुग्ने मासु ल्याउने गरिन्छ। धेरै मासु एकै पटक ल्याएर राख्दा त्यस्तो मासुमा छिट्टै जिवाणु पर्ने भएकाले कस्तो मासु ल्याउने, कहाँबाट ल्याइँदैछ, त्यसमा ध्यान दिनुपर्छ। मासु सफा र स्वस्थ जनावरको ल्याउने र सफा पानीले राम्रोसँग पखालेर पकाउने र बाँकी मासु हावा नछिर्ने बनाएर प्याक गरी फ्रिजमा तापक्रम मिलाएर राख्नुपर्छ। 

कुनै घरमा मासुमा नुन नहाली तेलमा भुटेर मात्र पनि राख्ने चलन छ। भुटेको मासु पनि राम्रोसँग प्याक गरी फ्रिजमा राख्नुपर्छ। मासु राखेको फ्रिजमा अन्य वस्तु तथा तरकार राख्नु हुँदैन। पकाएर फ्रिजमा राखिएको मासु १० मिनेट तताएर मात्र खाने गर्नुपर्छ। 

मासु पकाउँदा पनि तापक्रममा विशेष ध्यान दिनुपर्ने हुन्छ। मासुलाई कालो गरेर पकाउँदा  कासिनोजनिक पदार्थ बढ्छ। त्यस्तो मासु खाँदा शरीरमा क्यान्सर बढ्न सक्छ। रेड मिटमा त्यस्तो पदार्थ धेरै मात्रामा हुन्छ। कालो गरेर मासुको सेकुवा बनाउँदा कासियोजनिक पदार्थ बढ्छ, यो पदार्थ क्यान्सरको प्रमुख कारण हो। 

परिवारका सदस्य दीर्घरोगी भएमा खानामा मासु मात्र पकाउनु हुँदैन। त्यसैले मासुको सट्टा माछा पनि प्रयोग गर्न सकिन्छ। माछामा प्रोटिन, भिटामिन र खनिज पदार्थको राम्रो स्रोत हुन्छ। ओमेगा फ्याटी एसिडका कारणले माछा स्वस्थ्यकर मानिन्छ। यस प्रकारको फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ। नराम्रो कोलेस्टेरोल लाइट ट्राइग्लिसिराइडको परिणाम कम गर्ने भएकाले मुटुसम्बन्धी रोग कम गर्न मद्दत गर्छ।   

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्