• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

काँचो बन्दा वा मासु खानुहुन्छ? विचार पुर्‍याउनुहोस्!

64x64
नेपाल लाइभ शुक्रबार, असोज १७, २०७६  ०८:०१
1140x725

बिबिसी– भारतमा एक ८ वर्षीया बालिकाको मस्तिष्कमा टेपवर्म अर्थात् नाम्ले किराका १ सयभन्दा बढी फूल भेटिए । ती बालिका प्रत्येक दिन टाउको दुख्ने र बेलाबेला रिङ्गटा लाग्ने गुनासो गर्ने गर्थिन् । उनमा यो समस्या झन्डै ६ महिना देखियो ।

परीक्षणपछि थाहा भयो– बालिकाको मस्तिष्कमा नाम्ले किराका सयवटा भन्दा बढी फूलहरू थिए । ती साना–साना समूहमा थिए । समस्याको कारण थाहा पाएपछि बालिकाका अभिभावकहरू पत्याउनै सकिरहेका थिएनन् ।

उपचार
दिल्लीको गुडगाँवस्थित फोर्टिस अस्पतालको न्युरोलोजी विभागका निर्देशक डा प्रवीण गुप्ताको निगरानीमा बालिकाको उपचार भइरहेको छ । डा गुप्ताले भने, ‘हामीसँग आउनुअघि बालिकाको उपचार भइरहेको थियो । उसलाई निकै टाउको दुख्ने र सुन्निने समस्या थियो ।’

सुन्निने समस्या कम गर्नका लागि दिने गरिएको स्टेरोइड्सका कारण बालिकाको तौल ४० किलोबाट बढेर ६० किलो पुग्यो । तौल बढेपछि बालिकालाई झनै गाह्रो भयो । उनी पूर्ण रूपमा स्टेरोइड्समा निर्भर भइन्। त्यसपछि अभिभावकले बालिकालाई डा गुप्ताकहाँ लगे जहाँ बालिकाको सिटी स्क्यान गरियो ।

औषधि
डा गुप्ताले भने, ‘बालिकालाई मकहाँ ल्याइँदा उनी अचेत थिइन् । सीटी स्क्यान गर्दा उनको मस्तिष्कमा सेता धब्बा देखिए । ती धब्बा अरू केही नभएर नाम्लेका फूल थिए । र, फुलहरू एउटा वा दुईटा नभई सयभन्दा बढी थिए ।’

उनलाई डा गुप्ताकहाँ लैजाने बेलासम्म नाम्लेका फूलहरूले गर्दा ती बालिकाको मस्तिष्कले पूर्ण रूपमा काम गर्न सकिरहेको थिएन । डा गुप्ता भन्छन्, ‘सबैभन्दा पहिले हामीले औषधि दिएर बालिकाको मस्तिष्कको सन्तुलन ल्याउने काम ग¥यौं ।’

हाल ती बालिकाको मस्तिष्कमा रहेका नाम्ले किराका फूल नष्ट पार्ने औषधि दिइँदैछ । डा गुप्ताका अनुसार नाम्लेका फूलमा लगातार वृद्धि भइरहन्छ । राम्रोसँग नपकाइएका र राम्ररी नपखालिएका तरकारी खाँदा नाम्लेको फूल पेटमा पुग्ने र त्यहाँबाट रगतमार्फत शरीरका विभिन्न भागमा फैलिने डा गुप्ता बताउँछन् ।

के हो नाम्ले?
नाम्ले एक प्रकारको परजीवी हो । पोषणका लागि यो अरू जीवमा निर्भर हुन्छ । यसका पाँच हजारभन्दा बढी प्रजाति छन् । तिनीहरू एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुन सक्छ । यसको जीव खण्ड–खण्डमा बाँडिएको हुन्छ र फित्ताजस्तो देखिन्छ ।

Ncell 2
Ncell 2

यसको शरीरमा बल्छी जस्तो संरचना हुन्छ जसका सहयोगमा यो आफूले आश्रय लिने जीवको अंगसँग टाँसिइरहन्छ । शरीरको सतहमा हुने ‘क्युटिकल’बाट उसले आफूलाई चाहिने खाद्यपदार्थ सोसेर लिन्छ । आफ्नो शरीरभित्र पाचन प्रक्रिया नहुने भएकोले यसले पचाइसकेको खाद्यपदार्थ मात्रै सोस्ने गर्छ ।

कसरी फैलिन्छ ?
नाम्ले चेप्टो, रिबन जस्तो हुन्छ । शरीरमा प्रवेश गरेपछि यो नाम्ले जुका आन्द्रामा बस्न थाल्छ । तर सधैँ त्यहीँ नबसेर रगतको माध्यमबाट शरीरका अरू अंगमा पनि पुग्छ । कहिलेकाहीँ आँखा र मस्तिष्कमा पनि पुग्छ ।

एसियाको तुलनामा युरोपेली देशमा यसको खतरा कम हुन्छ । एनएचएसका अनुसार शरीरभित्र नाम्ले हुँदैमा कुनै लक्षण देखिन्छ भन्ने छैन । तर, शरीरका संवेदनशील अंगमा पुगेपछि खतरा हुन्छ । यसको उपचार धेरै कठिन भने हुँदैन ।

दिल्लीस्थित गंगाराम अस्पतालका पेट रोग विशेषज्ञ डा नरेल बंसलका अनुसार नाम्ले जुका प्राणघातक नभए पनि बेवास्ता गरिए खतरनाक हुनसक्छ ।

कारण
सुँगुर अथवा गाईको अधकल्चो मासु र पूरै नपाकेको माछा खाँदा मानिसको शरीरभित्र नाम्ले पुग्नसक्छ । खासमा यी जीवमा नाम्लेको लार्भा हुन्छ । यस्तो अवस्थामा राम्रोसँग नपकाएर खाएमा शरीरभित्र नाम्ले पुग्नसक्छ ।

दूषित पानी पिउनाले, काँचो वा अधकल्चो बन्दागोभी र पालुङ्गो खानाले, पानी वा माटोमा उम्रने तरकारी राम्रोसँग नपखाली खानाले नाम्ले पर्न सक्छ ।

लक्षण
सामान्यतयाः स्पष्ट लक्षण देखिँदैन । तर शरीरभित्र नाम्ले जुका भएपछि दिसामा देखिनसक्छ । त्यसबाहेक पेट देख्ने, बान्ता हुने, कमजोरी र झाडापखालाको समस्या देखिनसक्छ । शरीरमा नाम्लेको संख्या बढी भएका रिङ्गटा लाग्ने, छाला पहेँलो हुने, हेर्न गाह्रो हुनेलगायत समस्या पनि देखिनसक्छ ।

बच्ने उपाय
शरीरमा नाम्ले परेपछि औषधिले ठिक हुनसक्छ । तर केही सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छ:

  • राम्ररी नपकाएको कुनै प्रकारको मासु नखाने

  • राम्ररी नपखालेका फलफूल तथा सागसब्जी नखाने

  • खाना खानुअघि साबुनपानीले हात धुने र शौचपछि राम्रोसँग नङ पनि सफा गर्ने

  • सधैँ सफा पानी पिउने

डा बंसल भन्छन् ‘नाम्ले प्राणघातक नभए पनि त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ शरीरको जुनसुकै भागमा पुग्नसक्ने भएकोले शरीरको त्यो हिस्सामा पक्षघात पनि हुनसक्छ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
न बदलिएको समाज
यस्तो राहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै आइतबार, पुस १३, २०८२
न बदलिएको समाज आइतबार, पुस १३, २०८२
यस्तो राहनेछ देशभरको मौसम आइतबार, पुस १३, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज नेपाल लाइभ
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्