• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

युरिक एसिड तथा बाथ रोगीले दसैंमा के खाने, के नखाने?

64x64
नेपाल लाइभ बिहीबार, असोज १६, २०७६  ०८:०८
1140x725

बाथ रोग प्रत्यक्ष रुपमा खानपानसँग सम्बन्धित छ।त्यसमा पनि युरिक एसिडसँग सम्बन्धित बाथ रोगलाई खानपानले बढी असर गर्छ। आरथाइटाइटिस, मिर्गौलाको बाथ, मुटु, फोक्सोमा असर गर्ने बाथहरुमा भने खानापनको त्यति असर हुँदैन।

दसैं तथा तिहारलगायतका चाडबाडमा चिल्लो र मसालेदार खानेकुरा बढी खाइन्छ। चिल्ला रोटीहरु तथा विभिन्नथरीका मासुका पकवान घरघरमा पाक्ने गर्दछ। चाडबाडमा अरुबेलाको अनुपातमा मासु बढी खाइन्छ। त्यसैले निरोगी या रोगी मानिसले मासु खाँदा ध्यान दिनुपर्ने हुन्छ। 

युरिक एसिड तथा गाउट भएका मानिसलाई यसले बढी समस्यामा पार्दछ। युरिक एसिड बढेमा जोर्नी तथा खुट्टाका औंला दुख्ने र सुन्निने हुन्छ। कुर्कुचा दुख्छ र रातो हुने हुन्छ। गोली गाँठा पनि सुनिन्न थाल्छ।

युरिक एसिड बढ्ने भनेको मासु सेवनसँग सम्बन्धित छ। त्यसमा पनि रातो मासुले यस्ता बिरामीलाई झनै राम्रो गर्दैन। रातो मासुमा बढी मात्रामा प्रोटिन हुन्छ। रातो मासुमा हुने प्युरिन कन्टेन्टले युरिक एसिड बढ्छ। दाल तथा गेडागुडीले पनि युरिक एसिडका बिरामीलाई राम्रो गर्दैन। चाडपर्वमा मासु नखानुस् भन्न त सकिँदैन तर त्यही मासुलाई उसिनेर या थोरै तेल राखेर खान सकिन्छ।

मासु खानुपरेमा सीमित मात्रामा खाने गर्नुपर्दछ। रातो मासु नखाएर सेतो मासु खाने गर्नुपर्छ। माछा र कुखुराको खाँदा हुन्छ। त्यसले युरिक एसिड बढ्ने तथा दुःख दिने सम्भावना कम हुन्छ। 

गेडागुडीले पनि समस्या निम्त्याउँछ भन्ने त गरिन्छ तर त्यसले ठ्याक्कै हानि गर्छ या गर्दैन भनेर निर्णयमा कोही पनि पुगिसकेको छैन। बिरुवाहरुबाट आउने प्रोटिनले बिगार गर्दैन भनिन्छ।तर, धेरै बिरामी टमाटर खाएँ, गेडागुडी खाएँ अनि दुखाइ बढ्यो भनेर आउनुहुन्छ। 

हुन त धुमपान र मद्यपान पक्कै पनि राम्रो होइन।ड्रिंक्सहरु साथीभाइसँग अलि बढी नै खाने चलन छ नेपालीको। जुन बाथ रोगीका लागि राम्रो होइन।धुमपानले मेरुदण्डको बाथ गराउन सक्छ, मेरुदण्डलाई नराम्रो असर पार्न सक्छ।

ड्रिंक्सको सेवनसँग युरिक एसिडको प्रत्यक्ष सम्बन्ध छ। मद्यपान सेवन गर्नेबित्तिकै भोलिपल्ट युरिक एसिड बढिहाल्छ। त्यसैले पनि चाडपर्वपछि यस्ता बिरामीहरु धेरै बढ्ने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

धेरैले बियरलाई त्यति कडा ड्रिंक्सको रुपमा मान्दैनन् र यो धेरै खाएपनि हानिकारक हुँदैन भन्ने सोच्छन्। तर बियरले अरु ड्रिंक्सलेभन्दा बढीहानी पु¥याउँछ। जसलाई रक्सी खाएको भोलिपल्टै एसिड बढ्ने हुन्छ। यस्ता बिरामीले मद्यपान बर्जित नै गर्नुपर्ने हुन्छ।

भोजभतेर तथा चाडपर्वमा धेरै पेयपदार्थ सेवन गर्ने बानी हुन्छ।त्यस्ता पेय पदार्थमा बढी मात्रामा चिनीको प्रयोग गरिएको हुन्छ। कृत्रिम गुलियोले राम्रो गर्दैन।बढी मासु तथा रक्सी, पेयपदार्थ सेवनले प्रत्यक्ष असर गर्छ त्यसैले यसलाई सकेसम्मै प्रयोगमा नल्याएको राम्रो।

हामी चाडपर्व आउनेबित्तिकै रिल्याक्स मुडमा हुन्छाँै। शारीरिक रुपमा त्यतिसक्रिय हुँदैनौं। खाएपछि हिँडडुल गर्ने बानी छैन।

अरु युरिक एसिडसँग जोडिएर आउने कुरा भनेको मेटाबोलिक सिन्ड्रोम हो। गाउट वा युरिक एसिडका बिरामीलाई मधुमेह बढ्नसक्ने सम्भावना बढी हुन्छ।

Xtrem

Xtrem

कोलोस्ट्रोल तथा उच्च रक्तचाप पनि बढ्छ। कोलोस्ट्रोल, रक्तचापजस्ता कुराहरु मुटुसँग प्रत्यक्ष रुपमा जोडिएका विषय हुन्। शारीरिक क्रियाकलापको कमी भएपछि कोलेस्ट्रोल बढ्छ अनि तौल पनि बढ्छ।मसालेदार तथा गुलियो खानाले सुगर बढ्न सक्छ। छालाका समस्याहरु पनि यसले ल्याउन सक्छ। एसेली तथा ल्युपसको सम्भावना हुन सक्छ।

तास खेल्ने, साथीभाइसँग बसेर धेरै टिभी हेर्ने, पलेँटी मारेर बसेर काम गर्नेलाई ओस्टियो आरथाइटिस हुने सम्भावना हुन्छ।विशेषगरी यो बुढेसकाल लागेपछि हुने समस्या हो। यसलाई घुँडाहरु खिइने रोगको रुपमा हामीले चिन्छौँ। विशेषगरी घुँडा खुम्च्याएर बस्दा बढी दुख्ने सम्भावना हुन्छ। बस्ने आसन नमिल्दा दुखाइ तथा सुन्निने बढाइदिन्छ। घुँडा खिइसकेको छ भने यसरी बस्नाले पक्कै पनि दुखाइ बढाउँछ। 

दसैँमा मासुजन्य खानपान नै बर्जित गर्नेभन्दा पनि कति खानुपर्छ भनेर आफैँ सोच्नुपर्छ। उदाहरणको लागि युरिक एसिडको बिरामीको खुट्टा दसैँको १ हप्ता अगाडिसुन्निएकोथियो तर अहिले ठिक हुने क्रममा छ भने त्यस्तो मान्छेले मासु नखाँदा नै बेस। मैले धेरै खाँदा के बेफाइदा हुन्छ भनेर आफैं  सचेत हुनुपर्छ। 

युरिक एसिडबाहेक सबै बाथरोगीहरुलाई खाना बार्नुपर्ने खासै त्यस्तो केही पनि छैन। तर उनीहरु जोगिनुपर्छ। बाथ रोग बिग्रेर मिर्गौलाको समस्या भयो भने बार्नुपर्ने छुट्टै भयो। बाथ रोगसँग उच्च रक्तचाप जोडिएर आएको हुन्छ त्यसले पक्कै पनि बार्नुपर्ने हुन्छ। बाथ रोगकै लागि भनेर त्यस्तो बार्नुपर्ने छैन। तर, स्वस्थ्य जीवनशैली पक्कै अपनाउनुपर्छ।

युरिक एसिड ज्यादा हुनु र युरिक एसिडले हुने आरथाइटिस जसलाई हामी गाउट भन्छाँै, यी चाहिँ फरकफरक कुरा हुन्। कसैको युरिक एसिड सामान्य ७ भन्दा कम हुनुपर्नेमा ८–९ छ भने उसको जोर्नी नदुखेको पनि हुन सक्छ। कसैलाई त्यतिले पनि दुख्छ। युरिक एसिड ज्यादा हुनु र बढी सुन्निनु एउटै होइन। कसैको कम मात्रामा सुन्निन्छ भने कसैको धेरै मात्रामा सुन्निएको हुन सक्छ। 

युरिक एसिडबाट हुने गाउटबाट चाहिँ जोेर्नीहरु एक्कसि सुन्निएर आउँछ। बेलुका राम्ररी सुतेको मान्छे बिहानपख एक्कासिदुखाइको महसुसगर्छ। विशेषगरी खुट्टाको बुढी औँला असह्य हुनेगरी दुख्छ। यो दुखाइ सामान्यतया दुई हप्तासम्म रहन्छ त्यसपछि आफैँ कम भएर जान्छ। कसैलाई १५ दिनमा त कसैलाई एक महिना या वर्षपछि दोहोरिएको हुन्छ।उपचार गरिएन भने त्यो मात्रा बढ्दै जान्छ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  ०८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्