काठमाडौ- बारा जिल्लाको फेटा गाउँपालिका-४ स्थित एक खाली घरभित्र ५ शव फेला परेका छन्।
घरभित्रको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव फेला परेको प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीले जानकारी दिए।
बुधबार साँझ २०:४५ बजेको समयमा ती शव फेला परेका हुन्।
उनीहरु कसैको पनि नाम तथा ठेगाना खुल्न सकेको छैन।
प्रहरीका अनुसार शवको प्रारम्भिक अनुसन्धान गर्दा हत्या गरेजस्तो देखिँदैन।
बिजुली चोरेर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
शव प्राप्त भएको घरमा पहिले रक्सी भट्टी संचालन हुने गरेको प्रहरीको भनाइ छ।
अहिले प्रहरी र चिकित्सकको टोली गएर ती शव घरबाट निकाल्दै गरेको अवस्था छ।
शव परीक्षण गरेपछि मात्र मृत्युको कारण खुल्न सक्ने प्रहरीले बताएको छ।
प्राप्त शवका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।