काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा अलमल नगर्न सबै निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य नहुने चेतावनी पनि दिए।
बुधबार काठमाडौंमा आयोजित नेपाल टेलिकमको ‘फोरजी सेवा’को सफ्ट लन्च गर्दै प्रधानमन्त्री ओलीले समयमा काम सम्पन्न नगरेर जनतालाई सेवाबाट बञ्चित गराउन नपाईने पनि दोहोर्याएका थिए।
प्रधानमन्त्री ओलीले फोरजी सेवाको ३२ जिल्लामा एकैसाथ शुभारम्भ गरेर मुलुकको विकासमा प्रविधिको प्रयोग र उपयोग गर्न सरकार सफल भएको दाबी पनि गरे।
मुलुकको विकासका लागि प्रविधिको प्रयोग सफल र उपयोगी भएको पनि स्पष्ट पार्दै प्रविधिको हस्तान्तरणको माध्यमबाट मुलुकको विकास निर्माणको काममा योगदान दिन सम्बद्ध सबैले योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ।
प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई आफ्ना परियोजनाहरुको काम समयमै सम्पन्न गराउने काममा केन्द्रित हुन पनि निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।