फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सडक तताउने काम तरुण दल र नेविसंघको भएको बताएका छन्।
तरुण दल केन्द्रीय समितिले दसैंको अवसर गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेता कोइरालाले भ्रातृ संस्थालाई खोज्नुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘तरुण दल र नेविसंघ नै खोज्नुपर्ने अवस्था छ। अनि सडक कसरी तात्छ?’
तदर्थवाद भातृ संस्थाहरूलाई परिचालित भएको भन्दै नेतृत्वप्रति आपत्ति जनाए। नेविसंघ र तरुण दलको अधिवेशन छिटो गर्नुपर्नेमा उनले जोड दिए।
पार्टीको १४औं महाधिवेशनको लागि समयावधि बढाउन नहुने उनको धारणा थियो। कोइरालाले भने,‘पार्टीभित्र मतभेदहरु भए पनि त्यसलाई स्विकारेर अगाडि जानुको विकल्प छैन।’
जागरण अभियानले केही उर्जा थपेको उनको भनाइ थियो। उनले भने, ‘जागरणमा जाँदा कार्यकर्तालाले केन्द्रीय समितिलाई नै जागृत हुन सुझाव दिएका छन्।’
विचारको राजनीति छाडेपछि पार्टीमा गुट हाबी हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।