• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वैदेशिक रोजगारीमा बेथिति : १४ महिनामा श्रमिकबाट ३ अर्ब ठगी

64x64
नेपाल लाइभ मंगलबार, असोज १४, २०७६  १९:१३
1140x725

काठमाडौं- दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ की प्रमिला तिवारी रोजगारीका लागि कुवेत गएकी थिइन्। करार अवधिसम्म कुवेतमा काम गरेर फर्किएकी तिवारी फेरि वैदेशिक रोजगारीमै जाने सोचमा थिइन्।

सोही समयमा सिन्धुपाल्चोक सागाँचोक नगरपालिका-१३ का  इन्द्रबहादुर विकसँग भेट भयो। ती एजेन्टले प्रमिलालाई कुवेतभन्दा राम्रो कमाइ हुने पोर्चुगलमा पठाइदिने भन्दै ६ लाख रकम माग गरे। 

कुवेतमा कमाएर आएको रकम भएकाले प्रमिलाले ६ लाख तिरेर पोर्चुगल जाने सोच बनाइन्। गत वर्षको असोज ४ गते प्रमिलाले ती एजेन्टलाई ४ लाख रकम बुझाइन्। बाँकी रकम भिसा प्रोसेसिङ भइसकेपछि दिने सर्त थियो। 

प्रमिलाले पैसा त बुझाइन् तर उनको पोर्चुगलको भिसा नै आएन। प्रमिला सुनाउँछिन्, 'मैले ४ लाख बुझाएँ। त्यसपछि एजेन्ट सम्पर्कविहीन भयो। कुवेतभन्दा धेरै कमाई हुने देशमा जान भनेर बुझाएको रकम बेकार भयो।’ प्रमिलाले ४ लाख बिगो मागदाबी गर्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएकी छन्। 

000

तिवारीलाई जस्तै दैनिक ठूलो संख्यामा विभिन्न म्यानपावर कम्पनीहरुको नाम लिएर खडा भएका दलालहरुले कामदारहरुलाई ठग्ने प्रवृत्ति बढ्दै गएको छ। जसकारण सरकारले एजेन्ट खारेज गरिसकेको छ।

एजेन्टले जस्तै म्यानपावर कम्पनीले समेत वैदेशिक रोजगारीका नाममा श्रमिकलाई झुक्याएर ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ। 

एउटा देश भनेर अर्को देशमा पठाउने, एउटा काम भनेर अर्को काममा पुर्‍याउने, विदेशमा पुर्‍याएर अलपत्र पार्ने, रकम लिएर विदेश नपठाउने, नक्कली भिसा, टिकट लगायत डकुमेन्ट देखाएर ठगी गर्ने प्रवृत्ति नयाँ भने होइन्। 

Ncell 2
Ncell 2

तर राम्रो काम र कमाइको प्रलोभनमा परी थुप्रै कामदार ठगीमा पर्ने गरेका छन्। 

सल्यान जिल्ला कालिमाटी गाउँपालिका-१ का दीपक राना (राहदानी नम्बर (०९४७८९५४) पनि वैदेशिक रोजगारीका नाममा ठगिएका व्यक्ति हुन्। 

पावर वर्कर म्यानपावरका एजेन्टले उनलाई कुवेतको आल्मुनियम कम्पनीमा काम भएको भन्दै डेढ लाखभन्दा बढी रकम असुली गरे। कुवेत भनेर दीपकलाई कतार पुर्‍याइयो। 

कतारमा पुगेपछि केही समय एउटा कोठामा बन्दी जस्तै भएर बस्नु पर्‍यो। त्यसपछि २ महिना एउटा कफी सपमा काम पाए। २ महिनापछि उनलाई कम्पनीले आफ्नै देश जान सुझायो। त्यसपछि आफन्तलाई पैसा मगाएर उनी स्वदेश फर्किए। 

परदेशबाट रित्तै फर्किएका दीपकले उनलाई पठाउने म्यानपावर विरुद्ध उजुरी दिएका छन्। प्रमिला र दीपकजस्ता दैनिक ५ देखि ७ जना पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेको विभागले जनाएको छ। 

१४ महिनामा  १५ सय भन्दा बढी कामदारबाट ३ अर्ब ठगी
१४ महिनामा १५ सयभन्दा बढी श्रमिकबाट ३ अर्ब ३ करोड २६ लाख ६६ हजारभन्दा बढी रकम ठगी भएको भन्दै बिगो मागदाबी गरिएको छ। 

संस्थागत, व्यक्तिगत तथा अदालतमा दाबी गरिएको बिगो रकम अनुसार पछिल्लो १४ महिनामा श्रमिकहरूबाट ३ अर्बभन्दा बढी रकम ठगी भएको देखिएको हो। वैदेशिक रोजगार विभागमा उजुरी दिनेमध्ये एजेन्टबाट ठगिएका ८ सयभन्दा बढी श्रमिकहरू छन्। त्यस्तै म्यानपावर कम्पनीमार्फत ठगिएका ३ सय १३ जना श्रमिक छन्। अदालतमा ३ सय २३ जना पीडितहरुले मुद्दा हालेका छन्। 

म्यानपावर विरुद्धको उजुरी विभागले आफैँ मिलाउँदै आएको छ भने एजेन्टमार्फत ठगिएर विभागले तालमेल गर्न नसकेका उजुरी अदालतसम्म जाने गरेका छन्। वैदेशिक रोजगारीका नाममा ठगिएका पीडितले क्षतिपूर्ति पाउनका लागि लामो समय विभाग धाउनुपर्ने समस्या रहेको बताएका छन्। अझ अदालतमा पुगेका वैदेशिक रोजगारीका मुद्दा फैसला हुन वषौं समय लाग्ने तथा झन्झटिलो हुने पीडितहरू बताउँछन्। 

भदौमा मात्रै पीडितले पाए २ करोड क्षतिपूर्ति 
वैदेशिक रोजगार विभागले भाद्र महिनामा मात्रै वैदेशिक रोजगार पीडितलाई २ करोड १४ लाख नगद क्षेतिपूर्ति बिगो भराएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए। 

‘विभागले पीडितका पक्षमा रहेर काम गरिरहेको छ। भदौमा मात्रै ८५ लाख बिगो दाबीसहित ४१ मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा पेस गरेको छ,’ महानिर्देशक भुसालले भने। त्यस्तै विभागले कानुन विपरीत काम गर्ने म्यानपावर व्यवसायीबाट १९ लाख ५० हजार जरिवाना असुल गरेको महानिर्देशक भुसालले बताए। 

पछिल्लो समय वैदेशिक रोजगारीमा मौलाउँदै गएको व्यतिथिलाई रोक्न एजेन्ट खारेज गरी इजाजत प्राप्त संस्थाको अनुगमन कार्यलाई तीव्रता दिइएको बताइएको छ। 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार
सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले देउवा पक्षलाई पठायो ८ बुँदे प्रस्ताव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले देउवा पक्षलाई पठायो ८ बुँदे प्रस्ताव बुधबार, पुस ३०, २०८२
प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ? बुधबार, पुस ३०, २०८२
नेपाल आयरल्यान्डसँग पराजित बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्