काठमाडौं- गत साउन २३ गतेपछि सुनको मूल्य पहिलोपटक प्रतितोला ७० हजार रुपैयाँभन्दा तल झरेको छ। मंगलबार सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँ कायम भएको छ। साउन २३ गते सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ कायम भएको थियो।
सोमबार सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो।
नेपाली बजारमा सुनको मूल्य भदौ ९ गते सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो। दसैं लागेसँग सुनको मूल्यमा केही कमी आएको थियो।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ६८ हजार ८ सय रुपैयाँ कायम भएको छ। सोमबार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।