काठमाडौं- सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँ कायम भएको छ।
साताको पहिलो दिन आइतबार पनि सुनको भाउ घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रुपैयाँले सस्तो भएको थियो।
शुक्रबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ७२ हजार २ सय रुपैयाँ तोकिँदा सोमबार ७२ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले नै घटेको छ। आइतबार ६९ हजार ९ सय रुपैयाँ प्रतितोला रहेको तेजावी सुनको मूल्य सोमबारका लागि ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ।
सुनको भाउसँगै चाँदीको भाउ पनि केही ओरालो लागेको छ। चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ आइतबारको तुलनामा ५ रुपैयाँले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।