काठमाडौं- कवि तथा सञ्चारकर्मी रुपेश श्रेष्ठको कविता संग्रह ‘घिन्ताङ घिसी ट्वाक’ सार्वजनिक भएको छ।
शुक्रबार राजधानी आयोजित एक कार्यक्रमका कवि रुपेशले सो संग्रह विमोचन गरेका हुन्।
कार्यक्रममा सोही संग्रहबाट संचारकर्मी दिलभूषण पाठकले ‘गाउँ जाने बाटो’, कवि भूषिता वशिष्ठले ‘ताप्के’ र कवि बाबू त्रिपाठीले ‘नेपाल यातायात’ कविता वाचन गरेका थिए।
साधारण मान्छेलाई नै हिरो बनाउने कवित्व श्रेष्ठमा भएको भन्दै कवि मनु मन्जिलले प्रशंसा गरेका थिए।
बुकहिल पब्लिकेसनले प्रकाशन गरेको कविता संग्रहमा ४२ कविता समावेश छन्। सो संग्रहको मूल्य ३ सय रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।