काठमाडौं- आइतबार बेलुकीसम्म पूर्वी तराईमा भारी वर्षा हुने भएको भन्दै सतर्क रहन सरकारले आग्रह गरेको छ।
गृह मन्त्रालयअन्तर्गत आपत्कालीन कार्य संचालन केन्द्रले विगत २४ घन्टायता प्रदेश १ र २ का तराई क्षेत्रमा भारी वर्षा भएको र थप २४ घन्टा वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको हो।
आइतबार बेलुकीसम्म भारतीय सीमा क्षेत्रमा थप २४ घन्टा भारी वर्षाको संभावना रहेको भन्दै केन्द्रले सतर्क रहन आग्रह गरेको हो।
'पछिल्लो २४ घण्टामा प्रदेश १ र २ का तराईका भारतीय सीमा आसपासका अधिकांश स्थानमा भारी वर्षा भएको र अर्को २४ घन्टा सीमा आसपास र विहारको धेरै स्थानमा भारी वर्षा हुने,' केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।
यसका साथै तराई भई बहने नदीमा बहाव बढ्ने, सीमा आसपास डुबान भइरहने होचा स्थानमा भोलि बेलुकासम्म उच्च सतर्क रहौं,' उसले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।