काठमाडौं- पतिले शरीरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ।
आगोले जलेकी धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनको कीर्तिपुरस्थित स्किन अस्पतालमा उपचार भइरहेको थियो।
फातिमालाई केही दिनअघि पतिले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए।
आगोले शरीरको झन्डै ६० प्रतिशत भाग जलेको अवस्थामा उनलाई गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।