• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
पुस्तक अंश

भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर

प्रकाश वस्ती शनिबार, साउन ७, २०७९  ०७:१९
1140x725

भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन्। उनको नेपाली भाषा र साहित्यको विकासमा रहेको योगदानप्रति समस्त नेपालीभाषी नतमस्तक नभएमा योभन्दा ठूलो कृतघ्नता अर्को हुनेछैन्। भानुभक्त आचार्यका अनेकौँ रचनामध्येको रामायण आज पनि नेपाली समाजमा त्यत्ति नै लोकप्रिय छ। यो रामायणको लेखन पूरा हुनमा उनको कारावासको भूमिकाको चर्चा सर्वत्र पाइन्छ। 

तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर चलचित्र नै बनाइएको छ। त्यो मिथक हो– भानुभक्त आफ्नो होइन बाजेले गरेको कसूरबापत कारागारमा थुनिएका हुन्। 

कसैले भानुभक्तका बाजेलाई सरकारी बाँकी लागेको थियो, सोहीबापत बाजेको देहान्त भइसकेबाट नाति भानुभक्त थुनिएका हुन् भन्ने अर्को मनगढन्ते मिथक इतिहासमा जडिदिएका छन्। त्यसैलाई पत्याएर नेपाली साहित्यका दिग्गजहरूले चलचित्र नै बनाइदिएका छन्। ‘बाजेको कसूरमा नाति थुनिने’ सामान्य कानूनी ज्ञान हुने व्यक्तिले पनि पत्याउन सक्ने कुरा होइन। भानुभक्तका पिता धनञ्जय खरदार भएको इतिहासमा पाइन्छ। बाजे श्रीकृष्णको जागिरको कुरा अरूका त कुरै छाडौं सूर्यविक्रम ज्ञवालीले त लेखेको पाइन्न।

भानुभक्त आचार्य सरकारी सेवामा थिए भन्ने कुरा निर्विवाद सत्य हो। भानुभक्तको आदर्श छवि जोगाउन कुनै स्वनामधन्य इतिहासकारले भानुभक्तले हिसाब पनि कवितामै लेख्दथे त्यसैले हिसाब नमिलेर बन्दी भए भन्ने पनि आफूूखुशी लेखिदिएका छन्। यस्तै कुनै रचनाकारले त्यस बेलाको तनहुँमा घाँस बेच्ने घाँसी भन्ने काल्पनिक पात्र खडा गरेर उसबाट कुवा खनाइदिएका छन्। अनि भानुभक्तलाई अर्ति दिलाइदिएका छन्। घाँस बेचेर जीविका गर्ने चलन दार्जिलिङमा थियो होला, काठमाडौँको भोसिको टोलमा थियो होला। त्यस बेला तनहुँमा घाँस दाउराका लागि धेरै ‘श्रीमती जोडिन्थ्यो’। सक्नेले करिया (दास) पाल्दथे। अर्को आश्चर्य विकट पहाड तनहुँको रम्घा आसपासमा त्यो घाँसीले ‘कुवा’ होइन ‘इनार’ खनाएको छ (सूर्यविक्रम ज्ञवाली-५)। भानुभक्तको नामबाट लेखिएको कवितामा भने कुवा खनाएकै प्रसङ्ग छ। कुवा पहाडमा मूल फुटेर पानी जम्मा हुने खोबिल्टो हो। यसलाई इनार जस्तो खनिरहनु पर्दैन। ढुङ्गाको गारो र छपनी लगाई पक्की बनाउन सकिन्छ।

भानुभक्त आचार्यलाई कारागारमा पठाउने निकाय कुमारीचोक भएको कुरामा पनि विवाद गरिन्न। मल्लकालदेखि प्रति वर्ष राज्यको आमदानी र खर्चको विवरण जीवित देवी कुमारीलाई सुनाउनु पर्ने परम्परा थियो। राज्यको हिसाब बढ्दै गएपछि तिनै कुमारी बस्ने घरको चोकमा कार्यालय नै स्थापना भयो र यसै अड्डाको नाम कुमारीचोक भयो। कुमारीचोकले राज्यको आमदानी खर्च जाँची कुनै अनियमितता पाए सम्बन्धित कर्मचारीलाई पक्रने, थुन्ने, कारागारमा हाल्ने र सम्पत्ति लिलामसमेत गरी सरकारी बाँकी असूल गर्नेसमेतको अख्तियारी भएको कुरामा पनि विवाद छैन्। तसर्थ, बाजेको अनियमितता वा सरकारी बाँकी वा भ्रष्टाचारमा नातिलाई थुन्ने कुरा असम्भव हो। 

Ncell 2
Ncell 2
nimb
nimb

राम शाहकै पालामा ‘जसको पाप उसको गर्दन’ भन्ने सिद्धान्त हाम्रो कानूनी प्रणालीमा अङ्गीकार भइसकेको थियो। हो! देवानी दायित्त्व भने सम्पत्ति खाएको नाताले सन्तानमा पनि सर्दछ। कारणीको अंश भागको सम्पत्ति लिलाम भएपछि नपुग रकमका लागि कारणी असामीलाई थुनिने कानून हिजो पनि थियो। कानूनीरूपमा असंगत र अमिल्दो भए पनि यसै प्रयोजनका लागि भानुभक्तलाई थुनिएको हो कि भन्नलाई भानुभक्त आचार्यको सबै त के कुनै सम्पत्ति लिलाम भएको भन्ने कुरा कतै पाइन्न। १९१० सालको मुलुकी ऐनका ‘रैरकम्को’, ‘रकम बन्दोवस्तको’, ‘बाँकी, नतिन्र्याको’, ‘जागीरदार बहाली वर्षासी’, ‘साहु असामीको’ र ‘दामासाहीको’ समेतका कुनै पनि महलले बाजेको सरकारी बाँकीमा नातिलाई थुन्ने कुराको पुष्टि गर्दैनन्। आखिर कानून पनि प्रचलित व्यवहारको लिपिकरण न हो। 

१८७१ साल असार २९ गते जन्मेका भानुभक्तले १९०६ (सन् १८५०) मा जागिर खाए। दुई वर्ष मधेशतिर अर्थात् १९०८ सम्म जागिरमा रहे। हिसाब बुझाउन नसक्दा पाँच महिना थुनामा परे। मुद्दा छिनिन लामो समय लाग्यो (सूर्यविक्रम ज्ञवाली-६)।१९०८ देखि लेख्न शुरु गरिएकोमा १९१० सालमा मुलुकी ऐन जारी भयो।

एउटा चराको वधपछि उसको जोडीले गरेको विलापबाट डांकु रत्नाकर आत्मग्लानिले वाल्मीकि भई रामायण रचेको कथा जस्तै भानुभक्तलाई रामायण लेख्न प्रेरित गर्न घाँसी भन्ने पात्र जन्माइएको हुनुपर्दछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आफ्नै कारणबाट थुनिएको भन्दैमा भानुभक्त आचार्यको उचाइ घट्दैन र उनको साहित्यिक योगदानको न्यून मूल्याङ्कन पनि हुँदैन। तर, जुन व्यक्ति आफ्ना कार्यका कारणले स्वयम्मा महान छ, त्यसलाई महान बनाउने ध्येयले इतिहासमा मिथक जडनुलाई उचित मान्न सकिन्न। अकबरी सुनमा पहेँलो रङ्ग पोतिरहन पर्दैन।

कुमारीचोकले निरन्तर राज्यको हरहिसाब जाँच गरिरहन्थ्यो। निश्चय नै त्यसबेला कार्यबोझ सीमित नै हुनुपर्दछ। लामो समयसम्म हिसाब जाँच्ने कार्य बाँकी रहने र बाजेको हिसाबमा तेस्रो पुस्ताका नातिले कारागार बस्नुपर्ने कुरा सामान्य व्यक्तिको सोचाइभन्दा परको कुरा हो। अझ कानूनको कखरासम्म खारेका व्यक्तिलाई योभन्दा अनौठो मिथक अर्को हुन गाह्रो छ। कुमारीचोकका मिसिलहरू राष्ट्रिय अभिलेखालयमा छन्। सत्य तथ्यलाई सही रूपमा रहन दिऊँ, मिथक नबनाऊँ।

(वस्तीको भर्खरै बजारमा आएको पुस्तक हाम्रो कानूनी इतिहासको नालीबेली (किरातकालदेखि २०७८ सालसम्म) बाट)

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्