• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १९, २०८३ Tue, Aug 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
पुस्तक अंश

भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर

प्रकाश वस्ती शनिबार, साउन ७, २०७९  ०७:१९
1140x725

भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन्। उनको नेपाली भाषा र साहित्यको विकासमा रहेको योगदानप्रति समस्त नेपालीभाषी नतमस्तक नभएमा योभन्दा ठूलो कृतघ्नता अर्को हुनेछैन्। भानुभक्त आचार्यका अनेकौँ रचनामध्येको रामायण आज पनि नेपाली समाजमा त्यत्ति नै लोकप्रिय छ। यो रामायणको लेखन पूरा हुनमा उनको कारावासको भूमिकाको चर्चा सर्वत्र पाइन्छ। 

तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर चलचित्र नै बनाइएको छ। त्यो मिथक हो– भानुभक्त आफ्नो होइन बाजेले गरेको कसूरबापत कारागारमा थुनिएका हुन्। 

कसैले भानुभक्तका बाजेलाई सरकारी बाँकी लागेको थियो, सोहीबापत बाजेको देहान्त भइसकेबाट नाति भानुभक्त थुनिएका हुन् भन्ने अर्को मनगढन्ते मिथक इतिहासमा जडिदिएका छन्। त्यसैलाई पत्याएर नेपाली साहित्यका दिग्गजहरूले चलचित्र नै बनाइदिएका छन्। ‘बाजेको कसूरमा नाति थुनिने’ सामान्य कानूनी ज्ञान हुने व्यक्तिले पनि पत्याउन सक्ने कुरा होइन। भानुभक्तका पिता धनञ्जय खरदार भएको इतिहासमा पाइन्छ। बाजे श्रीकृष्णको जागिरको कुरा अरूका त कुरै छाडौं सूर्यविक्रम ज्ञवालीले त लेखेको पाइन्न।

भानुभक्त आचार्य सरकारी सेवामा थिए भन्ने कुरा निर्विवाद सत्य हो। भानुभक्तको आदर्श छवि जोगाउन कुनै स्वनामधन्य इतिहासकारले भानुभक्तले हिसाब पनि कवितामै लेख्दथे त्यसैले हिसाब नमिलेर बन्दी भए भन्ने पनि आफूूखुशी लेखिदिएका छन्। यस्तै कुनै रचनाकारले त्यस बेलाको तनहुँमा घाँस बेच्ने घाँसी भन्ने काल्पनिक पात्र खडा गरेर उसबाट कुवा खनाइदिएका छन्। अनि भानुभक्तलाई अर्ति दिलाइदिएका छन्। घाँस बेचेर जीविका गर्ने चलन दार्जिलिङमा थियो होला, काठमाडौँको भोसिको टोलमा थियो होला। त्यस बेला तनहुँमा घाँस दाउराका लागि धेरै ‘श्रीमती जोडिन्थ्यो’। सक्नेले करिया (दास) पाल्दथे। अर्को आश्चर्य विकट पहाड तनहुँको रम्घा आसपासमा त्यो घाँसीले ‘कुवा’ होइन ‘इनार’ खनाएको छ (सूर्यविक्रम ज्ञवाली-५)। भानुभक्तको नामबाट लेखिएको कवितामा भने कुवा खनाएकै प्रसङ्ग छ। कुवा पहाडमा मूल फुटेर पानी जम्मा हुने खोबिल्टो हो। यसलाई इनार जस्तो खनिरहनु पर्दैन। ढुङ्गाको गारो र छपनी लगाई पक्की बनाउन सकिन्छ।

भानुभक्त आचार्यलाई कारागारमा पठाउने निकाय कुमारीचोक भएको कुरामा पनि विवाद गरिन्न। मल्लकालदेखि प्रति वर्ष राज्यको आमदानी र खर्चको विवरण जीवित देवी कुमारीलाई सुनाउनु पर्ने परम्परा थियो। राज्यको हिसाब बढ्दै गएपछि तिनै कुमारी बस्ने घरको चोकमा कार्यालय नै स्थापना भयो र यसै अड्डाको नाम कुमारीचोक भयो। कुमारीचोकले राज्यको आमदानी खर्च जाँची कुनै अनियमितता पाए सम्बन्धित कर्मचारीलाई पक्रने, थुन्ने, कारागारमा हाल्ने र सम्पत्ति लिलामसमेत गरी सरकारी बाँकी असूल गर्नेसमेतको अख्तियारी भएको कुरामा पनि विवाद छैन्। तसर्थ, बाजेको अनियमितता वा सरकारी बाँकी वा भ्रष्टाचारमा नातिलाई थुन्ने कुरा असम्भव हो। 

nimb
nimb
Ncell 2
Ncell 2

राम शाहकै पालामा ‘जसको पाप उसको गर्दन’ भन्ने सिद्धान्त हाम्रो कानूनी प्रणालीमा अङ्गीकार भइसकेको थियो। हो! देवानी दायित्त्व भने सम्पत्ति खाएको नाताले सन्तानमा पनि सर्दछ। कारणीको अंश भागको सम्पत्ति लिलाम भएपछि नपुग रकमका लागि कारणी असामीलाई थुनिने कानून हिजो पनि थियो। कानूनीरूपमा असंगत र अमिल्दो भए पनि यसै प्रयोजनका लागि भानुभक्तलाई थुनिएको हो कि भन्नलाई भानुभक्त आचार्यको सबै त के कुनै सम्पत्ति लिलाम भएको भन्ने कुरा कतै पाइन्न। १९१० सालको मुलुकी ऐनका ‘रैरकम्को’, ‘रकम बन्दोवस्तको’, ‘बाँकी, नतिन्र्याको’, ‘जागीरदार बहाली वर्षासी’, ‘साहु असामीको’ र ‘दामासाहीको’ समेतका कुनै पनि महलले बाजेको सरकारी बाँकीमा नातिलाई थुन्ने कुराको पुष्टि गर्दैनन्। आखिर कानून पनि प्रचलित व्यवहारको लिपिकरण न हो। 

१८७१ साल असार २९ गते जन्मेका भानुभक्तले १९०६ (सन् १८५०) मा जागिर खाए। दुई वर्ष मधेशतिर अर्थात् १९०८ सम्म जागिरमा रहे। हिसाब बुझाउन नसक्दा पाँच महिना थुनामा परे। मुद्दा छिनिन लामो समय लाग्यो (सूर्यविक्रम ज्ञवाली-६)।१९०८ देखि लेख्न शुरु गरिएकोमा १९१० सालमा मुलुकी ऐन जारी भयो।

एउटा चराको वधपछि उसको जोडीले गरेको विलापबाट डांकु रत्नाकर आत्मग्लानिले वाल्मीकि भई रामायण रचेको कथा जस्तै भानुभक्तलाई रामायण लेख्न प्रेरित गर्न घाँसी भन्ने पात्र जन्माइएको हुनुपर्दछ।

आफ्नै कारणबाट थुनिएको भन्दैमा भानुभक्त आचार्यको उचाइ घट्दैन र उनको साहित्यिक योगदानको न्यून मूल्याङ्कन पनि हुँदैन। तर, जुन व्यक्ति आफ्ना कार्यका कारणले स्वयम्मा महान छ, त्यसलाई महान बनाउने ध्येयले इतिहासमा मिथक जडनुलाई उचित मान्न सकिन्न। अकबरी सुनमा पहेँलो रङ्ग पोतिरहन पर्दैन।

कुमारीचोकले निरन्तर राज्यको हरहिसाब जाँच गरिरहन्थ्यो। निश्चय नै त्यसबेला कार्यबोझ सीमित नै हुनुपर्दछ। लामो समयसम्म हिसाब जाँच्ने कार्य बाँकी रहने र बाजेको हिसाबमा तेस्रो पुस्ताका नातिले कारागार बस्नुपर्ने कुरा सामान्य व्यक्तिको सोचाइभन्दा परको कुरा हो। अझ कानूनको कखरासम्म खारेका व्यक्तिलाई योभन्दा अनौठो मिथक अर्को हुन गाह्रो छ। कुमारीचोकका मिसिलहरू राष्ट्रिय अभिलेखालयमा छन्। सत्य तथ्यलाई सही रूपमा रहन दिऊँ, मिथक नबनाऊँ।

(वस्तीको भर्खरै बजारमा आएको पुस्तक हाम्रो कानूनी इतिहासको नालीबेली (किरातकालदेखि २०७८ सालसम्म) बाट)

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग सोमबार, साउन १८, २०८३
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान सोमबार, साउन १८, २०८३
पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीहरूसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थीहरु सोमबार, साउन १८, २०८३
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता आइतबार, साउन १७, २०८३
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ सोमबार, साउन १८, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव आइतबार, साउन १७, २०८३
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्