• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे

64x64
दीप सुवेदी शनिबार, असार २५, २०७९  १५:०१
1140x725

काठमाडौं– आँखामा परेको कसिङ्गर, खुट्टामा बिझेको काँडा र परालमा सल्किएको आगो जति खतरानक मानिन्छ, त्योभन्दा कयौं गुणा खतरानक हुन्छ मान्छेको मनभित्र लुकेको चोट। यस्तो चोट कतिले बाहिर सुनाउँदै हिँड्छन्, कतिले मनभित्रै गुम्साएर राख्छन्।

यसैका उदाहरण हुन, भेट्रान लेग स्पिनर राजकुमार प्रधान। उनको मनभित्र पनि क्रिकेटले दिएको यस्ता थुप्रै चोट छन्। उनी ती चोट न लुकाएर हिँड्न सक्छन्, न त मनभित्रै गुम्साएर राख्न। जतिबेला क्रिकेटको कुरा निस्किन्छ, चोट कुनै व्यक्त भइहाल्छ।

मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकहरूले उनलाई देशका लागि मेडल दिलाउन सक्ने खेलाडी मान्थे। त्यही भएर राजकुमारलाई यी खेलमा तानातान गर्ने प्रशिक्षकको एक जमात नै थियो। 

तर, राजकुमारले यी कुनै खेललाई निरन्तरता दिएनन्। बरु फरक खेलको बाटो रोजे, क्रिकेट। यही क्रिकेटले उनलाई विदेशको यात्रा गरायो। कतिपटक पाएको अवसर पनि गुमाए। तर, हार मानेनन् र आफूलाई स्थापित गरेरै छाडे।

राजकुमारले जतिबेला क्रिकेट रोजेका थिए, यो खेल नेपालमा स्थापित हुन संघर्ष गरिरहेको थियो। छिमेकी राष्ट्र भारतमा क्रिेकटको क्रेज देखेका उनलाई नेपालमा पनि छोटो समयमै फड्को मार्छ भन्ने विश्वास थियो। ‘त्यो बेला विराटनगरमा भने क्रिकेटको निक्कै चहलपहल थियो। मैले अरु खेलमा भन्दा पनि क्रिकेटलाई बढी प्राथमिकता दिन्थेँ। सिकाउने मास्टर्स कोही थिएनन्। साथीभाइसँग खेल्दै आफैं मिहिनेत गरेर यहाँसम्म आइपुगेको हुँ,’ उनी भन्छन्।

राजकुमारले क्रिकेट बललाई औंलामा नचाउँदै गर्दा विराटनगरमा क्रिकेट क्लबहरू बल्ल खुल्न थालेका थिए। उनी सबैभन्दा पहिला अभिवादन क्लबमा आबद्ध भए। त्यहाँ केही समय बिताएपछि उनी वाईसीसी क्लब पुगे। त्यस क्लबबाट खेल्दा उनी स्थानीय प्रतियोगितामा छाउन थाले। अब उनको प्रशिद्धी विराटनगरमा मात्रै सीमित नभइ छिमेकी जिल्लाका सहरमा पनि पुग्यो।

राजकुमार भने क्रिकेट करिअरमा फड्को मार्न चाहन्थे। उनको उद्देश्य राष्ट्रिय प्रतियोगिता खेल्ने नै थियो। त्यहाँ उत्कृष्ट प्रदर्शन गरे विदेशमा समेत खेल्ने अवसर सिर्जना हुन्थ्यो। त्यसैले आफूलाई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरे।

पहिलो पटक उनले धनगढीमा राष्ट्रिय प्रतियोगिता खेले। उनले दोस्रो खेलसम्ममा ६ विकेट लिँदै आफूलाई प्रतिभाशाली बलरको रुपमा उभ्याएका थिए। तर, उनको टोली अयोग्य रहेको बताउँदै आयोजकले प्रतियोगिताबाटै निकालिदियो। ‘त्यतिखेर जे गरेको थिएँ, जहाँ पुगेको थिएँ आफ्नै मिहिनतले पुगेको थिएँ। वाईसीसीबाट राष्ट्रिय प्रतियोगितासम्म पुग्नु चानचुने कुरा थिएन। धेरै खेलाडीलाई उछिनेर त्यो ठाउँमा पुगेको हुँ,’ उनी भन्छन्, ‘तर, उत्कृष्ट प्रदर्शन गरिरहेको बेला प्रतियोगिताबाट निकाल्दा सारै मन दुख्दो रहेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

विराटनगर फर्किएपछि राजकुमारलाई क्रिकेटमाथि हुने राजनीतिले वाक्क पार्‍यो। धनगढीको घटनापछि क्रिकेट खेलेर केही नहुने रहेछ भन्ने परिसकेको थियो। अनि क्रमशः क्रिकेटलाई कम प्राथमिकतामा राख्न थाले। त्यसैबेला परिवार पनि आर्थिक संकटबाट पनि ग्रुजिरहेको थियो। उनले क्रिकेटलाई भन्दा परिवारलाई बढी महत्त्व दिनुपर्ने ठाने र कतार उडे।

तर, राजकुमारले क्रिकेटलाई चटक्कै भुल्न सकेनन्। उनले रोजगारीका लागि कतार पुगेका श्रीलंकन, इन्डियन र पाकिस्तानीहरूसँग क्रिकेट खेल्ने अवसर पाए। त्यतिबेला अरबियन राष्ट्रमा क्रिकेटको जग बसिसकेको थिएन। यद्यपि, दक्षिण एसियाली राष्ट्रमा भने क्रिकेट स्थापित भइसकेको थियो। यता नेपालमा चाहिँ राष्ट्रिय प्रतियोगिताको हालत नै लथालिङ्ग थियो, जसले गर्दा राजकुमार कतार जान बाध्य भएका थिए।

कतारमा क्रिकेट बल समात्दा कसैले पनि उनी नेपालको क्रिकेट खेलाडी भएको पत्याउन सकेनन्। त्यसबेला ती विदेशीले सोध्थे– ‘नेपालमा पनि क्रिकेट खेल्छन् र?’

राजकुमार पनि बढो सानले उत्तर दिँन्थे– ‘किन नखेल्नु? नेपालमा मेरो एक क्लब छ। म त्यहाँबाट राष्ट्रिय प्रतियोगिता खेलेर आएको खेलाडी हुँ।’

त्यसपछि उनलाई अलिअलि पत्याउँदै गए। उनी कामभन्दा पनि बिस्तारै क्रिकेटमा व्यस्त रहन थाले। तीन वर्षको बसाइँमा उनले त्यहाँ दाम मात्रै कमाएनन्, क्रिकेटकै कारण प्रसिद्धीसमेत कमाए। ‘एउटा कतारियन क्लब थियो। त्यही क्लबबाट खेल्ने मौकासमेत पाएँ। त्यहाँ श्रीलंकन खेलाडीसमेत खेल्न जान्थे। मेरो क्षमतामा सुधार आएको महसुस भइसकेको थियो। मलाई राष्ट्रबाटै खेल्नुपर्छ भनेर देशभक्ति जाग्यो र नेपाल फर्किएँ,’ उनी भन्छन्।

नेपाल फर्किएपछि राष्ट्रिय प्रतियोगिता खेल्दै गए। लगातार उत्कृष्ट प्रदर्शन गरेपछि राजकुमारले सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफी खेल्न राष्ट्रिय टोलीमा स्थान बनाए। त्यति बेला उनी २५ वर्षका थिए। नेपाल उक्त प्रतियोगितामा युएईसँग ६ विकेटले पराजित हुँदै उपविजेतामा सीमित भयो। फाइनल खेलमा राजकुमारले एक विकेट लिए।

त्यसपछि उनी सन् २००३ मा क्रिकेट क्लब अफ इन्डिया (सीसीए)मा विश्वचर्चित प्रशिक्षकहरूसँग तीन महिना प्रशिक्षण लिन मुम्बई पुगे। उनीसँगै अफ स्पिनर सञ्जम रेग्मी पनि त्यता गए। राजकुमारले त्यहाँ पनि बलिङमार्फत् सबैलाई चकित पारे। अस्ट्रेलियाका प्रशिक्षक स्वर्गीय बब सिम्पसन, भारतका पूर्वविकेटकिपर किरण मोरे, नारी कन्ट्रेक्टर, हनुमन्त सिंहलगायत समक्ष उनले आफ्नो कला देखाउने मौका पाए। उनको बलिङ हेरेपछि मोरेले भनेका थिए– ‘यो बलर भारतमा जन्मेको भए उहिल्यै टेस्ट टोलीमा परिसक्थ्यो।’

मोरेलाई मात्रै होइन सिम्पसनलाई पनि राजकुमारको बलिङले प्रभाव पार्‍यो। सिम्पसन यति प्रभावित थिए कि उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्वअध्यक्ष राजसिंह डुंगरपुरलाई फोन गरेर राजकुमारको बलिङ हेर्न बोलाएका थिए।

रणजी ट्रफी खेल्ने मुम्बई टोलीका कप्तान शिशिर हत्कण्डीले त राजकुमारलाई मुम्बईमा बसेर क्रिकेट खेल्ने सल्लाह नै दिए। यता, रोबिन उथप्पा पनि राजकुमारको बलिङबाट निक्कै प्रभावित भएका थिए। करिअर बनाउन संघषर््ा गरिहेका उथप्पा ‘नेट–प्राक्टिस’मा उनलाई नै खोज्ने गर्थे। ‘त्यतिखेर भारतीय क्रिकेट निक्कै उचाइमा थियो। त्यहाँ मेरो बलिङबाट प्रशिक्षक मात्र नभइ उथप्पासमेत प्रभावित भएका थिए। त्यहीँबाट खेलेको भए म सेटल भइसक्थँे। तर, देशलाई धोका दिन मन लागेन र फर्किएँ,’ उनी भन्छन्।

rajkumar pradhan1657280088.pngराजकुमारलाई अस्ट्रेलियाली टोलीले सन् २००४ मा भारत भ्रमण गर्दा ‘नेट–प्राक्टिस’ का लागि बोलाइएको थियो। सन् २००५ मा अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यावसायिक क्रिकेट खेल्ने फिजीका तत्कालीन कप्तान वाइसेक टुकाहाले पनि राजकुमारलाई अस्ट्रेलियामा व्यावसायिक क्रिकेट खेल्न निम्तो गरेका थिए।

२००५ को ‘आईसीसी क्रिकेट वल्र्डकप क्वालिफाइङ सिरिज डिभिजन–२’ मा फिजी विरुद्ध राजकुमारले १० ओभरमा १७ रन मात्र खर्चेपछि टुकाहा उनको बलिङको ‘फ्यान’ भएका थिए। उनलाई त्यसबेला टुकाहाले अस्ट्रलेयाकै महान् लेग स्पिनर शेन वार्नको उपनाम दिएका थिए। 

अस्ट्रेलियाबाट आवश्यक कागजपत्र आउँदा पनि नेपाल क्रिकेट संघ (क्यान)ले राजकुमारलाई विदेशमा खेल्ने अनुमति दिएन। उनीमाथि क्यानले झेलझाल गरेको यो पहिलोपटक थिएन। त्यही वर्ष दिल्लीका हनुमन्त सिंहले आफ्नो टोलीको लागि ‘नेट–प्राक्टिस’ गर्न बोलाएका थिए। त्यति बेला पनि क्यानले उनलाई ढिला गरेर सूचना दिँदा अवसर गुमाए।

‘नेपालजस्तो देशका खेलाडीलाई त्यस्तो अफर आउनु निक्कै ठूलो कुरा थियो। तर, क्यानले खेलाडीमाथि विस्वास गर्दिएन। पाएको अवसर पनि गुम्दै गयो। खेल मात्रै राम्रो भएर हुने रहेनछ, भाग्य पनि ठूलो हुनुपर्ने रहेछ,’ उनी भन्छन्।

उनी त्यसपछि दुई वर्ष नेपाली क्रिकेटमा अल्झिए। तर, भविष्य देखेनन्। त्यसपछि कतार हुँदै जापान पुगे। जापानमा रहँदा पनि उनले स्थानीय नेपाली क्लबबाट क्रिकेट खेलिरहे। चार वर्ष बस्दा उनको प्रदर्शन १०० बाट ९९ मा कहिल्यै झरेन।

यसबीचमा उनलाई जापानमै प्रशिक्षक बन्न पनि प्रस्ताव नआएको होइन। तर, अस्वीकार गरेर उनी नेपाल फर्किए र पुनः कतार उडे। उनलाई सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपको लागि पनि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले छनोट गरेका थिए। तर, नेपाली टोली बंगलादेश उड्नुभन्दा अगाडि नै उनको नाम झिकियो। उनले आफूमै केही कमोजरी रहेको ठान्दै चित्त बुझाए। यद्यपि, एसीसी प्रिमियर लिग २०१४ मा उनी राष्ट्रिय टोलीमा पुनरागमन गर्न सफल भए।

राजकुमार त्यसयता नेपाली टोलीका लागि मैदान उत्रिएका छैनन्। विराटनगर क्रिकेट क्लब (बीसीसी)लाई प्रशिक्षण दिरहेका उनको उमेरले पनि ४५ वर्ष पार गर्न लागिसकेको छ। यो उमेरमा प्रायः खेलाडी सन्यास लिएर बसिरहेका हुन्छन्। उनी भने अलग छन्। उनको क्रिकेट खेल्ने जोस अझै १४–१५ वर्षको युवाकै जस्तो छ।

‘मैले यसबीचमा राष्ट्रिय प्रतियोगिताबाट पुनरागमन गर्न नखोजेको होइन। तर, बूढो भयो, उमेर धेरै भयो भनेर मौका दिन हिच्किचाउँछन्,’ उनी भन्छन्, ‘उमेरले खेलाडीको प्रदर्शनलाई केही फरक पार्दैन। कुनै खेलाडी खेल्न चाहन्छ भने खेल्न दिनुपर्छ। म अझै खेल्न चाहन्छु र सक्छु पनि।’

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाल र बंगलादेशबीच पहिलोपटक टी–२० सिरिज, मार्चमा तीन खेल हुने नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)को संयुक्त पहलमा यो सिरिज हुन लागेको क्याच सचिव पारस खड्काले बताएका छन् । बुधबार, भदौ ३१, २०८३
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने अस्ट्रेलियाका स्टार ब्याटर वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपीएल खेल्न दशैंपछि नेपाल आउने काठमान्डु गोर्खाजले जनाएको छ । मंगलबार, भदौ ३०, २०८३
नेपालसँग २०२७ भित्र द्विपक्षीय सिरिज खेल्ने बंगलादेशको तयारी बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय सिरिज खेल्ने तयारी अघि बढाएको जनाएको छ। मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता बुधबार, भदौ ३१, २०८३
न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी बुधबार, भदौ ३१, २०८३
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक बुधबार, भदौ ३१, २०८३
कर्जा दुरुपयोगको अभियोगमा थुनामा रहेका व्यवसायी शंकर अग्रवाल १० लाख धरौटीमा रिहा बुधबार, भदौ ३१, २०८३
प्रधानमन्त्री शाह र जापानी राजदूत तोरुबीच भेटवार्ता, बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्