काठमाडौँ– दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता हुन सफल नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ(क्यान)ले नगदसहित सम्मान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा एक कार्यक्रमको आयोजना गरेर क्यानले उक्त टोलीलाई रु १० लाख नगदसहित सम्मान गरेको हो ।
दृष्टिविहीन महिला टोलीले ऐतिहासिक उपलब्धि र नेपाली क्रिकेटको गौरव बढाएको भन्दै क्यानले सम्मान गरेको जनाएको छ ।
सम्मान कार्यक्रममा नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो । श्रीलङ्कामा हालै सम्पन्न दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।