• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

तराईदेखि हिमालसम्म: यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य

64x64
नेपाल लाइभ बुधबार, असोज २३, २०८१  १७:१९
1140x725

काठमाडौं– नेपालीहरुका लागि सबैभन्दा लामो बिदा दशैंमा हुने गर्छ। दशैं बिदामा साथीभाइ, परिवारसँग घुम्ने रमाइलो गर्ने सबैको चाहना हुन्छ। तर कहाँ घुम्ने भन्नेबारे भने सबैलाई जानकारी नहुन सक्छ। 

करिब एक साताको दशैं बिदामा दूधकुण्ड ताल, कन्चनजंगा बेस क्याम्प, लाङटाङ, अन्नपूर्ण, लगायतका ठाउँ उपयुक्त गन्तव्य हुन सक्छन्। दशैं बिदामा यीमध्ये कुनै एक गन्तव्यमा सजिलै घुमघाम गर्न सकिन्छ। 

दूधकुण्ड ताल
सोलुखुम्बुको टाक्सिन्दुमा विशाल नुम्बुर र कार्यालुङ हिमालको काखमा रहेको छ दूधकुण्ड ताल। यी दुवै हिमालबाट आएको पानी जमेर बनेको यो ताल समुद्री सतहदेखि झण्डै ४ हजार ७ सय मिटरको उचाइमा छ। यहाँ रमणीय विशाल तालदेखि नजिकै नुम्बुर र कार्यालुङ हिमालको अवलोकन गर्न सकिन्छ।

सदरमुकाम सल्लेरीबाट झण्डै २० कोसको दूरीमा रहेको यो स्थानसम्म आइपुग्न पैदल यात्रा नै गर्नुपर्छ। भौगोलिक रुपमा अत्यन्तै विकट भए पनि प्राकृतिक सुन्दरताको खानी छ। दूधकुण्ड ताल मात्र नभएर भूतपोखरी, गंगा जमुना ताल, आँखेपोखरी र महाकुण्डको मनोरम दृष्यावलोकन गर्न सकिन्छ। यो तालको यात्रा गर्न ५/७ दिन छुट्याउनु पर्छ।

कसरी जाने?
काठमाडौं कोटेश्वरदेखि बस,जिप तथा मोटरसाइकलको प्रयोग गरी सडकमार्गबाट करिब १० घण्टामा सल्लेरी पुगिन्छ। हवाई मार्गबाट जाँदा भने त्रिभुवन विमानस्थलबाट झण्डै ४५ मिनेटको उडानमा नै सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा पुगिन्छ। 

त्यस्तै काँगेल विमानस्थल पनि नजिकै रहेको हुँदा यहाँबाट पनि सजिलै सदरमुकाम सल्लेरीसम्म पुग्न सकिन्छ। सदरमुकाम सल्लेरीबाट रिङमुसम्म सडक छ। पैदल हिँड्दा भने फाप्लु, चिवाङ, फेरा हुँदै झण्डै ४ घण्टामा रिङमु पुग्न सकिन्छ। गाडीबाट हो भने १ घण्टामा पुगिन्छ। रिङमुसम्म अत्यन्तै राम्रो बाटो तथा बास बस्नका लागि विदेशी तथा स्वदेशी पर्यटकका लागि उपयुक्त हुने खालका लज तथा होटलहरु प्रशस्तै पाइन्छन्।

रिङमुबाट नाम्चेतर्फ जाने बाटो छोडेर दूधकुण्डतर्फ जाने बाटोतर्फ लाग्नुपर्छ। रिङमुबाट सरकारीपाटी हुँदै बाटो अघि बढाउनु पर्छ। त्यहाँको घना जंगलमा सुनपाती, लेकाली फूलको मिठो बासना र चराचुरुङ्गीको आवाजले यात्रालाई झनै आनन्ददायी बनाउने गर्छ। झण्डै ३ घण्टा उकालो  हिँडेपछि कामीडाँडा पुगिन्छ। कामीडाँडामा पुग्दा ४/५ बजेको भए बास बस्दा उपयुक्त हुन्छ। कामीडाँडाबाट यात्रा गर्दा जोङले खोला, गामटाङ हुँदै सहस्रबेनीमा पुगेर बास बस्न पर्छ। भोलिपल्ट बिहान दूधकुण्डको यात्रा तय गर्नुपर्छ। सहस्रबेनीबाट दूधकुण्डसम्म ३ घण्टा हिँडेपछि पुगिन्छ। 

कन्चनजंगा बेस क्याम्प
विश्वको तेस्रो अग्लो हिमालका नामले परिचित छ कन्चनजंगा। जसको उचाइ रहेको छ ८ हजार ५५६ मिटर। विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) भन्दा २६२ मिटरमात्रै होचो छ यो  कञ्चनजंगा। र, विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) भन्दा कञ्चनजंगा २५ मिटरमात्रै होचो छ। जसको मनमोहन दृश्य अति नजिकबाट नियाल्न बेस क्याम्प पुग्नुपर्ने हुन्छ। काठमाडौंबाट ८–१० दिनसम्ममा कञ्चनजंघाको दुवै बेसक्याम्प पुगिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कसरी जाने ?
काठमाडौंबाट भद्रपुरसम्म जहाजमार्फत जान सकिन्छ। अथवा, बिर्तामोडसम्मको गाडीमा पनि जान सकिन्छ। बिर्तामोडबाट जिपमा ताप्लेजुङको फुङ्लिङसम्म जान सकिन्छ। त्यहाँबाट थिवासम्म फेरि गाडी परिवर्तन गर्नुपर्छ। आफ्नै रिजर्भ सवारी हुँदा सहज हुन्छ। अर्को बाटो ताप्लेजुङमा रहेको सुकेटार विमास्थल तथा सदरमुकाम फुङलिङदेखि हाङद्रुङसम्म गाडीमा जान सकिन्छ।

ताप्लेजुङ सदरमुकामदेखि नै उत्तरी बेस क्याम्पसम्म रहेका आठ वटा क्याम्पमा पैदलै यात्रा गर्नु पदर्छ। उत्तरी बेस क्याम्प पुगिसकेपछि घुन्सा झरेर दक्षिणी बेसक्याम्प जान सकिन्छ। त्यहाँ पुगेपछि कन्चनजंगाको काखैमा बसेर मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

लाङटाङ 
लाङटाङ दशैं बिदामा यात्राका लागि उपयुक्त गन्तव्य हो। जुन संघीय राजधानी काठमाडौंबाट नजिकै र  छोटो समयमा पुगिन्छ। गोसाइकुण्ड र लाङटाङ हिमालको रमणीय दृष्यावलोकन गर्न सकिन्छ।

एक हजार सात सय १० वर्ग किलोमिटरमा फैलएिको लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ मानिने रातो हाब्रे लगायत ४६ जात स्तनधारी र तीन सय १५ थरीका पंक्षी पाइन्छन्। धार्मिकस्थल गोसाइकुण्ड र क्याञ्जिङ उपत्यका लाङटाङका प्रमुख आकर्षण हुन्। क्यान्जिङ उपत्यका समुद्री सतहबाट ४ हजार मिटरको उचाइमा रहेको छ। यही उपत्यकामा लाङटाङ खोलाको उद्गमस्थल रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कसरी जाने?
काठमाडौंबाट एक सय २० किलोमिटर बसमा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेसी पुगिन्छ। त्यहाँबाट सुरु हुन्छ, लाङटाङको पदयात्रा। स्याफ्रुबेसीबाट झोलुङ्गे पुल तरेर लाङटाङ खोलाको किनार हुँदै कटुसको सुगन्ध र गुराँसका रंगीबिरंगी जंगलको दृष्यापान गर्दै यात्रा गर्न सकिन्छ। यहाँ सुविधासम्पन्न लजहरु पनि छन्। साढे दुई दिनको यात्रामा खाम्जङि, शेर्पा गाउँ, रिम्चे, लामा होटेल, घोडा तबेला, लाङटाङ गाउँ हुँदै पदयात्राको अन्तमि गन्तब्य क्यान्जिङ पुगिन्छ। 

क्यान्जिङबाट दुई घण्टा उकालो लागेपछि क्याञ्जिङ री पुगिन्छ। रीबाट आँखै अगाडि लाङटाङ हिमाल देखिन्छ। सात हजार दुई सय २७ मिटर अग्लो लाङटाङसँगै ६ हजार मिटरभन्दा अग्ला चाङ्बु र युब्रा हिमाल पनि देखन्छिन्। दुई हिमालको बीचबाट बग्ने लरिुङ हमिनदी र त्यसबाट बनेको ताल छन्। यस्तै उत्तरपूर्वमा देखिने ५५ सय मिटर अग्लो याल्ला पिक, दक्षिण पश्चिममा देखिने सेर्गो री, काङजा हिमाल तथा दक्षिणमा काग्रा हिमालका कारण क्यान्जिङ री, लाङटाङ छुटाउनै नहुने गन्तव्य हुन्।

अन्नपूर्ण
विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग। विश्वका उत्कृष्ट दश पदमार्ग भित्र पर्ने भएकोले यो पदमार्ग विश्वभर परिचित छ। यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ। यो क्षेत्रमा पदयात्रा गर्दा सबै स्थानमा टी–हाउस भएकोले पनि अन्य पदमार्ग जस्तो पैदल यात्रीलाई समस्या हुँदैन। ठाउँ–ठाउँमा थकाइ मार्न र चिया–कफीको तलतल मेटाउन सबैजसो स्थानमा सुविधासम्पन्न होटल तथा लजहरु छन्। यस कारण पदयात्राका क्रममा खान र बस्न सहज हुन्छ। 

अन्नपूर्ण हिमालको काखैमा बसेर अननपूर्ण साउथ, अन्नपूर्ण थर्ड, माछापुच्छ्रे, टेन पिक आदि हिमशिखरको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। यहाँ पुग्न ५/७ दिनको समय छुट्याउनु पर्छ।

कसरी पुग्ने ?
लमजुङको बेसीशहरलाई अन्नपूर्ण पदमार्गको प्रवेशद्वार भनिन्छ। बेसीशहर हुँदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोरङपास हुँदै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ। यस बाहेक पोखरादेखि पुनहिल हुँदै अन्नपूर्ण बेस क्याम्प पुगेर पुनः पोखरा आउनलाई ११ दिन छुट्याउनु पर्छ।

मुस्ताङ
उपल्लो मुस्ताङ पदयात्राका लागि मुस्ताङको लोकप्रिय क्षेत्र हो। विशेष गरी यो मौसममा उपल्लो मुस्ताङ घुम्न लायक गन्तव्य हो। पहिले तिब्बती साम्राज्यको एक भागको रुपमा रहेको ल्हो क्षेत्र संस्कृति र भौगोलिक दृश्यको अवलोकन गर्न सकिन्छ। यस क्षेत्रमा आश्चर्यजनक चट्टानहरुले घेरिएको र मरुभूमि जस्तो देखिने भौगोलिक दृश्यको बीचमा गाँउहरु र त्यहाँका हरिया खेतहरुले मरुभूमिको बीचमा बगैँचा जस्तो देखिन्छ। यस क्षेत्रमा नौतले गुफा, मौलिक संस्कृति, जीवनशैली, मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। मुस्ताङको यात्राका लागि एक साता समय छुट्याउनु पर्छ।

कसरी पुग्ने?
आफ्नो सवारी भए काठमाडौँबाट गाडीमा माथिल्लो मुस्ताङसम्म पुग्न सकिन्छ। जोमसोम पुगेर फेरि बाट उपल्लो मुस्ताङसम्म गाडीमार्फत जान सकिन्छ। 

काठमाडौंबाट जोमसोमसम्म हवाई यात्रा पनि गर्न सकिन्छ। जोमसोमदेखि छुसाङसम्म जिपको यात्रा गर्नुपर्छ। बाटोमा पर्ने खोलामा मोटरेबल पुल नभएकोले पैदल पुल तरेपछि फेरि अर्को गाडी चढेर माथिल्लो मुस्ताङ ६ घण्टामा पुग्न सकिन्छ। पैदल यात्रा गर्दा तीन दिन लाग्छ। 

खप्तड
सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने यो धार्मिक र प्राकृतिक रुपमा संरक्षित क्षेत्र हो। यो समुद्र तहबाट ३ हजार मिटरको उचाइमा छ। खप्तड बाबाको नामबाट चर्चित यो क्षेत्र बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा फैलिएको छ। यहाँ हरियाली  हल्का भिरालो चोउरहरु, खोला नाला र घाँसे मैदान गरेर २२५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ।
यो मौसममा हरियालीले ढाकिएको हुन्छ।

खप्तड क्षेत्रको प्रमुख विशेषता भनेको विशाल फाँटहरुमा फुल्ने रंगीचगी फूलहरु नै हुन्। फूल फुलेका फाँटको किनारमा रुखहरु हितको सुन्दर बगैँचा दृष्यवलोकन गर्न पाइन्छ। यहाँ २७० प्रजातिका चरा पाइन्छन्। खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु पनि छन्। जसले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन्। खप्तड क्षेत्रका रहेका ठूला–साना गरी २२ वटा फाँट पनि आकर्षणका केन्द्र हुन्।

कसरी पुग्ने?
खप्तड पुग्न कैलालीको धनगढीसम्मको यात्रा गर्नुपर्छ। धनगढीबाट डोटीको सिलगढीसम्म बसमा आठ घण्टाको यात्रा गरेपछि पैदल हिँड्नुपर्छ। सिलगढीबाट बगलेगसम्म जिप पनि चल्ने भएकाले जिप रिजर्भ गरेर पनि जान सकिन्छ। सिलगढीबाट सुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ।

यस्तै अछामको साँफेबगरबाट झिग्रानासम्म २ घण्टाको बस यात्रा र त्यहाँबाट ८ घण्टाको पैदल यात्रामा खप्तडबाबाको आश्रम पुग्न सकिन्छ। त्यहाँबाट खप्तड दह, सहस्र लिङ्ग, नाग दह, त्रिवेणी धाम छन्। काठमाडौंबाट कम्तीमा ६ देखि १० दिन छुट्याउँदा हुन्छ।

बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो निकुञ्ज बाघ हेर्नका लागि सबैभन्दा उपयुक्त स्थान हो। हाल बबई उपत्यका निकुञ्जमा सबैको आकर्षण बनेको छ। द्वन्द्वकालमा बन्दरहेको निकुञ्जको चुरे क्षेत्रमा रहेको छ। उपत्यकासम्म पुग्न राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वाराबाट करिब १० घण्टाको पैदल यात्रा वा जंगल सफारी पनि गर्न सकिन्छ।

यो उपत्यकाबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ। निकुञ्जमा राजस्व तिरेर बबईमा माछा मार्ने व्यवस्था पनि गरिएको छ। तर माछा मारेर खान पाइँदैन। निकुञ्जको ७० प्रतिशन भूभाग साल र यसको सहायक प्रजातिका बनस्पतिले ढाकिएको छ। बाँकी ३० प्रतिशत घाँसे मैदान छ। निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चराचुरुङ्गी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइन्छन्।

कसरी पुग्ने ?
पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जबाट दुई घण्टाको बस यात्रापछि सहजै पुग्न सकिने यस निकुञ्ज पूर्व–पश्चिम राजमार्गको अम्बासबाट जम्मा १३ किलोमिटर टाढा छ। यसका करिब ५ दिन छुट्याउँदा हुन्छ। बाघ हेर्नको लागि भने केही दिन कुर्नु पर्ने हुन सक्छ।

शे–फोक्सुण्डो
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा फैलिएको छ। यसको क्षेत्रफल ३,५५५ वर्ग किलोमिटर छ। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो तथा एक ऐतिहासिक शे गुम्बा रहेका छन्।

शे–फोक्सुण्डो ताल ३९०० मिटरको उचाइमा डोल्पा जिल्लामा अवस्थित छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ।

कसरी पुग्ने?
हवाई यात्रामा नेपालगञ्जबाट सिधै डोल्पाको जुफाल विमानस्थलमा उत्रेर त्यहाँबाट पैदल त्रिपुरा हुँदै तालसम्म पुग्न सकिन्छ। स्थलमार्गबाट यहाँ जान बाँकेको कोहलपुर पुग्नुपर्छ। त्यहाँबाट सुर्खेतको छिन्चु हुँदै दायाँ लागेर जाजरकोटको सदरमुकाम खलंगा हुँदै रिन्मा पुग्नुपर्ने हुन्छ।

भेरी नदीको छेउछेउ खलंगाबाट रिन्मासम्म बसको यात्रा गर्नुपर्ने हुन्छ । रिन्माबाट रुकुमको त्रिवेणीसम्म जिपको यात्रा गर्नुपर्छ। त्रिवेणीबाट खादान र त्रिपुराकोट हुँदै तालसम्म पुग्न सकिन्छ। त्रिवेणीबाट अगाडि पैदल यात्रामा अगाडि बढ्नुपर्ने हुन्छ। हिमालको बाटो चट्टानमा हिँड्नु पर्ने भएकाले त्यहाँ पुग्न अलि धेरै दिन छुट्याउनुपर्ने हुन्छ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्