काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा रहेका समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूको कार्य जिम्मेवारी निर्धारण गरेको छ।
यसअघि आइतबार बसेको पार्टी सचिवालय बैठकले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधित्व नभएका क्षेत्रमा समानुपातिक सांसदहरूलाई खटाउने निर्णय गरेको थियो। सोही निर्णयलाई आधार मानेर कार्य विभाजनको प्रस्ताव तयार पारिएको थियो।
सचिवालयबाट अघि बढाइएको उक्त प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकले औपचारिक रूपमा अनुमोदन गरेको पार्टीले जनाएको छ।
पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूको जिम्मेवारी तोकिएको निर्णय मंगलबार सार्वजनिक गरिएको हो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।