लहान– सवारी चेकजाँचका क्रममा नक्कली नोट फेला परेपछि सिरहा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज५प ६२०९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा हजार दरका नेपाली १५ र भारु ३ वटा नक्कली नोट फेला पारेको थियो।
नक्कली नोट बोकेर हिँडेका नरहा गाउँपालिका–२ का ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ का १६ वर्षीय महेशकुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
दुवै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरुमाथि ‘खोटा चलन’ अन्तर्गत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ। ‘खोटा चलन’ अन्तर्गत बिगो वरावरको जरिवाना र ५ वर्षसम्मको कैद हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।