काठमाडौं– काठमाडौंको नयाँबसपार्कस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले महिलासहित २५ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित नुवाकोट समुन्द्रटार गाउँपालिका घर भएका ३२ वर्षीय तुलसी पण्डितको होटल परेली डिलक्समा जुवा खेलिरहेको अवस्थामा काठमाडौं बसुन्धरा बस्ने तनहुँ भानु–१ का २० वर्षीय सरु मल्ल लगायत २५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबाट १० लाख ८५ हजार १ सय ६५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। सो होटलमा नियमित रुपमा जुवा खेलाइने गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।