जनकपुर- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोत्तरी जिल्ला सेकेरेट्री ४५ वर्षीय भीमबहादुर आले मगरलाई असोज २ गते प्रहरीले पक्राउ गरेको छ।
गौशाला नगरपालिका-८ बेलगाछीबाट मगरलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर किशोर आचार्यले जानकारी दिए।
प्रतिबन्धित पार्टीमा सक्रिय रही भूमिगत गतिविधिमा लागेकोले प्रहरीले खोजतलास गर्दै आए उनलाई बिहीबार विशेष सुराकीका आधारमा उनलाई घरबाट नै गिरफ्तार गरेको प्रहरीले जनाएको छ।
गिरफ्तार गरिएको सेकेरेट्री मगरलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइसकेको इन्स्पेक्टर आचार्यले जनाएको छ।
उनीमाथि बर्दिवास नगरपालिका कार्यालयमा गत जेठ १३ गते कुकर बम राखेको आरोप लागेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए।
यही आरोपमा चन्द समूहका महोत्तरी इन्चार्ज रुपबहादुर कार्कीलाई प्रहरीले भदौ १३ गते पक्राउ गरेर हिरासतमा राखेको छ।
प्राप्त सूचना र प्रमाणको आधारमा दुवै विरुद्ध थप आरोप सहित मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पक्राउ परेका चन्द समूहका युवा संघ महोत्तरी अध्यक्ष विकासकुमार गुप्ता भने २५ दिनको न्यायिक हिरासतपछि धरौटीमा रिहा भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।