काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई ७ आर्थिक वर्षको नाफाबाट एकैपटक बोनस बाँड्ने भएको छ। प्राधिकरणले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७४/७५ सम्मको नाफाबाट बोनस बाँड्न लागेको हो।
प्राधिकरणका महानिर्देशक राजन पोखरलेलले नाफाबाट १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरणको तयारी गरिएको जानकारी दिए। उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बोनस वितरणको निर्णय स्वीकृत भएको र अन्तिम स्विकृतिका लागि अर्थ मन्त्रालय पठाइएको पनि बताए। सेवा प्रदायकको हैसियतमा नाफा खुवाउन लागेको उनको भनाइ छ।
प्राधिकरणले सेवा प्रदायक र नियमनकारी निकाय दुवैको भूमिका निर्वाह गर्दै आएको छ। आफ्नो कूल नाफाको ९० प्रतिशत रकम सेवा प्रदायकको हैसियतले प्राप्त हुने पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।