नेपाल एयरलाइन्सका कुन ठाउँमा कति जग्गा?

नेपाल लाइभ | २०७६ असोज १ बुधबार | Wednesday, September 18, 2019 १८:२९:०० मा प्रकाशित

काठमाडौं- नेपाल एयरलाइन्सले पछिल्लो समय साख गुमाउँदै गएको छ। ऋण मात्रै ३९ अर्बभन्दा बढी भएको एयरलाइन्सका २३ स्थानमा जग्गा तथा भवन रहेको छ।

नेपाल एयरलाइन्सको केन्द्रीय कार्यालयले रहेको सुन्धारमा मात्रै १४ रोपनी ७ आना १ पैसा १ दाम जग्गा रहेको छ। सोही ठाउँ केन्द्रीय कार्यलयको भवनसमेत रहेको छ। साथै, काठमाडौ सिनामंगलमा ३४ रोपनी १३ आना, कुलेश्वरमा २ सय ७८ वर्गमिटर जग्गा र भवन, मोरङको विराटनगरमा ४ कठ्ठा १० धुर र मोरङ कै जतुवामा ८ कठ्ठा जग्गा रहेको छ।

नेपागञ्जमा १० कठ्ठा ६ धुर, बाँके सोनपुरमा ३ बिघा ७ कठ्ठा ३ धुरी, बाँके मनिकापुरमा ५ बिघा १० कठ्ठा ११ धुर, मुस्ताङमा १ रोपनी १२ आना ३ पैसा २ दाम, पोखरामा २६ सय ३२ वर्गमिटर, दाङमा ५ कठ्ठा १४ धुर, भैरहवामा ७ कठ्ठा, सुर्खेतमा ९ कठ्ठा १० धुर जग्गा छ।

यसैगरी, गोरखामा ५ आना २ पैसा ३ दाम, संखुवासभामा ४ सय ८० वर्गमिटर, कञ्चनपुरमा १ हजार १५ वर्गमिटर, कैलालीमा १० कठ्ठा, पर्सा वीरगञ्ज आदर्शनगरमा ३ सय ८० वर्गमिटर, पर्सा छपकैयामा २३ सय ७० वर्गमिटर, जुम्लामा ९ सय ४९ वर्गमिटर, खोटाङमा दुई रोपनी, हुम्लामा ३ सय २३ वर्गमिटर र बैतडीमा २ रोपनी ७ आना २ पैसा २ दामा जग्गा रहेको छ।