काठमाडौं– प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । उनलाई बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाटै नियन्त्रणमा लिइएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको हो ।
केही दिनअघि नेपाल प्रेसमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यस विषयमा कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित भएको थियो ।
उक्त समाचारसँग सम्बन्धित विषयमा सोधपुछ गर्न सुवेदीलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका अधिकारीहरूले बताएका छन् ।
यसअघि आजै प्रहरीले अर्का पत्रकार शोभराज बराललाई समेत पक्राउ गरेको थियो । एकै दिन दुई पत्रकार पक्राउ परेपछि पत्रकारिता क्षेत्रको ध्यान यस घटनातर्फ केन्द्रित भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।