• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

हाइब्रिड कारको 'स्पेसिफिकेसन'मा अन्योल भएकै हो? 

भन्सार विभाग भन्छ– त्यस्तो अस्पष्टता छैन
64x64
नेपाल लाइभ शनिबार, साउन ३२, २०७६  १०:००
1140x725

काठमाडौं- सरकारले २०७५ चैतमा व्यापार घाटा न्यूनीकरण गर्ने सम्बन्धमा राष्ट्रिय कार्ययोजना ल्याएको थियो। त्यसैका आधारमा पेट्रोलियम पदार्थको आयात न्यूनीकरण गर्न इन्धन खपत कम गर्ने हाइब्रिड कारमा साबिकमा लाग्दै आएको कारको भन्सार तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरियो।

यसरी सरकारले इन्धन र ब्याट्री दुवैबाट चल्ने पियोर हाइब्रिड सवारीलाई छुट दिन खोजेको छ। आर्थिक वर्ष २०७६/७७ को आर्थिक ऐनमार्फत सरकारले पहिलोपटक हाइब्रिड गाडीमा कर छुटको सुविधा दिएको हो। विगतमा पनि एक-दुई वटा हाइब्रिड कार नेपाल आएका थिए। तर ती साबिक भन्सार तथा अन्तःशुल्कमै भित्रिएका थिए। 

चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत भएको भन्सार ऐनको संशोधनमा ‘कम्प्रेसन इग्निसन इन्टर्नल कम्बसन पिस्टोन इन्जिन (डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका तथा स्पार्क–इग्निसन इन्टरनल कम्बसन रेसिप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएका सवारीसाधन पैठारी गर्दा दरबन्दी बमोजिम लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट हुने’ उल्लेख गरिएको छ।

यसैगरी ‘कम्प्रेसन–इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका तथा स्पार्क–इग्निसन इन्टरनल कम्बसन रेसिप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएका सवारीसाधनमा ५० प्रतिशत अन्तःशुल्क छुट हुने उल्लेख छ।

तर सरकारले विश्व परिवेशमा विकास भएको प्रविधि अनुसारको कानुन नबनाउँदा हाइब्रिड कार भित्र्याउने विषयमा केही समस्या देखिएको छ। केही दिनअघि सुजुकीले ल्याएका कार हाइब्रिड हुन् वा होइनन् भन्ने विषय सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले अन्तरिम आदेश नदिएपछि आयातकर्तालाई भन्सार कार्यालयले सामान्य कारमा जस्तै पूर्ण भन्सार तथा अन्तःशुल्क तिर्न आउन ताकेता गरेको छ। यो विषय अझै टुंगिइसकेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

भन्सार विभागका प्रवक्ता शिशिर घिमिरे भने हाइब्रिड कारका विषयमा सरकारले बनाएको कानुनमा त्यस्तो अस्पष्टता नभएको जिकिर गर्छन्। ‘सरकारले ब्याट्री र इन्धन दुवैबाट चल्ने सवारीलाई भन्सार तथा अन्तःशुल्क छुट दिएको हो,’ उनले भने, ‘ऐनमा लिखिएको कुरामा अस्पष्ट हुनुपर्ने केही भएजस्तो लाग्दैन।’ पावर बढाउने र स्टार्ट गर्न सहज हुने खालका गाडीलाई हाइब्रिड भन्न नखोजिएको घिमिरेको भनाइ छ। 

सरकारले पहिलोपटक हाइब्रिड कारलाई भन्सार तथा अन्तःशुकमा छुट दिएकाले त्यसको वर्गीकरणको विषय आउन नसकेको देखिन्छ। सरकारले सम्बन्धित विषय विज्ञसहितको सल्लाहमा आवश्यक परे वर्गीकरण गर्ने घिमिरेले बताए। ‘सरकारले कानुन बनाएको छ। भन्सारले भएको कानुनको कार्यान्वय गर्ने हो,’ उनले भने, ‘आवश्यक परेको खण्डमा सम्बन्धित निकायका विज्ञहरुले वर्गीकरण गर्नुहुन्छ।’ 

नेपालमा हाल कारमा ८० प्रतिशत भन्सार, ६० देखि १०० प्रतिशतसम्म अन्तःशुल्क, १३ प्रतिशत भ्याट, ८ प्रतिशत सडम मर्मत तथा सम्भार दस्तुर लाग्दै आएको छ। आव २०७६/७७ को बजेटमार्फत सरकारले हाइब्रिड कारमा भन्सार तथा अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। 

हाल विश्व बजारमा विभिन्न किसिमका हाइब्रिड कार उत्पादन हुँदै आएका छन्। हाइब्रिडका प्रकारहरुमा मुख्यगरी माइल्ड हाइब्रिड, स्मार्ट हाइब्रिड, प्लगइन हाइब्रिड र पियोर हाइब्रिड रहेको पाइन्छ। स्मार्ट र माइल्ड हाइब्रिड सवारी स्टार्ट गर्न र पावर बढाउन विकास भएको प्रविधि हो। यसले सवारीको माइलेज वृद्धिमा खासै ठूलो भूमिका खेल्दैन। 

त्यस्तै प्लगइन हाइब्रिड कार इन्धनबाट र कारमा भएको ब्याट्री प्लगको माध्यमबाट चार्ज गरी चलाउन सकिन्छ। पियोर हाइब्रिड कार इन्धनबाट नै चल्छ। जसमा ब्रेक लगाउँदा जेनेरेट हुने इलेक्ट्रिसिटीबाट मोटर रिचार्ज भई सवारी चल्ने प्रविधि रहेको छ। जसका कारण यस्ता कारले एक लिटर इन्धन खपतमा ४० किलोमिटरभन्दा बढी माइलेज दिन्छन्। सरकारले भन्सार छुट दिन खोजेको यस्तै हाइब्रिड कारमा हो।

यो पनि

  • भन्सारले हाइब्रिड कारलाई पूर्ण कर तिर्न भनेपछि चौधरी ग्रुप पुग्यो सर्वोच्च
  • हाइब्रिड भन्दै भित्र्याएका ५ गाडीमा सिजीले कर छुट नपाउने

 

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘दुर्गममा सञ्चार सेवाको पहुँच बढाउन १६ सय टावर निर्माण गर्छौँ’: सञ्चार मन्त्री तिमिल्सिना
प्रतिनिधि सभा बैठक (लाइभ)
हेलिकप्टरको दुरुपयोग रोक्न गृहमन्त्रीको निर्देशन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘दुर्गममा सञ्चार सेवाको पहुँच बढाउन १६ सय टावर निर्माण गर्छौँ’: सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
हेलिकप्टरको दुरुपयोग रोक्न गृहमन्त्रीको निर्देशन बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्