काठमाडौ -जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा गर्ने आदेश गरेपछि उनीहरु छुटेका छन्।
अदालतमा उपस्थित भएका दुवै जनाकाे बयानपछि भएको थुनछेक बहसमा जिल्ला अदाललते जनही पाँच लाख धरौटी माग गरेकाे थियो । न्यायाधीश हरिसिंह धामीको इजलासले ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुविरुद्ध एन्फाको घोटाला सम्बन्धमा अनुसन्धान गरेपछि मुद्दा दायर गरेकाे थियो। अदालतमा मुद्दा दायर हुदाँ उनीहरु फरार थिए । उनीहरुले
बुधबार अदालतमा उपस्थित भएका थिए । लगत्तै उनीहरुकाे बयान गरिएको थियो भने आजै वहस हुदै धरौटी मागिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।