• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ११, २०८३  १६:११
1140x725

काठमाडौं– बंगालको खाडीमा विकसित अर्नब चक्रवात भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेपछि तीन जनाको मृत्यु भएको छ।

चक्रवातका कारण रूख, बिजुलीको पोल ढलेपछि फरक फरक ठाउँमा तीन जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ।

चक्रवातका कारण ३१ घरमा क्षति पुगेको छ भने धेरै ठाउँमा रूख र बिजुलीका पोल ढलेका छन्।

सडक अवरुद्ध हुनुका साथै विद्युत् आपूर्ति पनि प्रभावित भएको टाइम्सले लेखेको छ।

भारतको राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का महानिरीक्षक नरेन्द्र सिंह बुन्डेलाले बुधबार पत्रकार सम्मेलनमा आन्ध्र प्रदेश चक्रवातबाट सबैभन्दा बढी प्रभावित भएको बताए।

‘आन्ध्र प्रदेशमा रूख ढलेका छन्, विभिन्न प्रकारका ३१ घरमा क्षति पुगेको जानकारी आएको छ र तीन जनाको मृत्यु भएको छ,’ उनले भने।

उनका अनुसार प्रारम्भिक विवरणमा ओडिशामा भने चक्रवातको गम्भीर असर देखिएको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने तीनै जना आन्ध्र प्रदेशका हुन्।
पश्चिम गोदावरी जिल्लाको भीमावरममा रूखले थिचेर ४६ वर्षीय चोक्का किशोर कुमारको मृत्यु भएको थियो। उनलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, विशाखापट्टनम जिल्लामा खेतको कुलोमाथि ढलेको बिजुलीको तारमा छुँदा ५३ वर्षीय एक पुरुषको मृत्यु भएको थियो।

अनाकापल्ली जिल्लाको येल्लामन्चिलीमा भुइँमा लत्रिएको बिजुलीको तारमा टेक्दा ५५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चक्रवातले आन्ध्र प्रदेशका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

काकिनाडा क्षेत्रमा धेरै रूख र बिजुलीका पोल ढलेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समुद्री छाल र तटीय कटानका कारण उप्पाडा सडक पनि क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विशाखापट्टनमका विभिन्न ठाउँमा पानी जमेको छ भने रूख ढलेपछि केही सडक अवरुद्ध भएका छन्। विद्युत् सेवा पनि प्रभावित भएको छ।

भारतीय मौसम विभागका अनुसार चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको काकिनाडा र केन्द्रशासित प्रदेश पुदुचेरीको यानमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो।

तट पार गर्ने क्रममा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर पुगेको थियो भने झोक्कासहितको गति १५० किलोमिटरसम्म पुगेको थियो। जमिनमा प्रवेश गरेपछि चक्रवात कमजोर हुँदै गएको पनि हिन्दुस्तान टाइम्सले जनाएको छ।

चक्रवातसँगै भएको भारी वर्षाका कारण अनाकापल्ली र विशाखापट्टनम जिल्लाका केही ठाउँमा २०० मिलिमिटरभन्दा बढी पानी परेको छ।

चक्रवात कमजोर भए पनि आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा अझै भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ। त्यसैले उद्धार र राहत टोलीलाई थप क्षति हुन नदिन सतर्क रहन भनिएको छ।

आन्ध्र प्रदेश सरकारले ढलेका रूख हटाउने, सडक खुलाउने र विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम गरिरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरिएका छन्।

सुरक्षित स्थानमा राखिएका मानिसलाई खाना, पिउने पानी र स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भइरहेको छ।

चक्रवातको सम्भावित असरलाई ध्यानमा राख्दै छिमेकी ओडिशामा पनि सतर्कता अपनाइएको छ। त्यहाँ ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

एनडीआरएफका टोली आन्ध्र प्रदेश, ओडिशा र आसपासका क्षेत्रमा उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएका छन्।

चक्रवातका कारण हवाई र रेल सेवा पनि प्रभावित भएका छन्।

आन्ध्र प्रदेशका तटीय क्षेत्रका विमानस्थलमा केही उडान रद्द भएका छन् भने विभिन्न रेल सेवा पनि रोकिएका छन्। अधिकारीहरूले मौसमको अवस्था हेरेर यातायात र विद्युत् सेवा सामान्य बनाउने काम गरिरहेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति
सम्बन्धित सामग्री
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति चक्रवातका कारण रूख, बिजुलीको पोल ढलेपछि फरक फरक ठाउँमा तीन जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ। बुधबार, कात्तिक ११, २०८३
भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व अन्त्य गरेको ट्रम्पको दाबी ‘मैले दुवै देशका प्रधानमन्त्रीलाई फोन गरेर युद्ध जारी राखे दुवैमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने र अमेरिकामा व्यापार गर्न नसक्ने... बुधबार, कात्तिक ११, २०८३
नेपाल भ्रमणमा आउँदै जर्मनीकी संसदीय राज्यसचिव डा. कोफ्लर नेपालमा रहँदा राज्यसचिव डा. कोफ्लरले जर्मनी-नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार र स्वास्थ्य तथा भोटेकोशी बाढीको... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ बुधबार, कात्तिक ११, २०८३
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्