• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

गोंगबु बसपार्क प्रकरण-४ : महानगरलाई बुझाउनु पर्ने रोयल्टीमा ल्होत्सेको गोलमाल

64x64
नेपाल लाइभ बिहीबार, साउन २३, २०७६  २०:३३
1140x725

काठमाडौं- गोंगबु बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले काठमाडौं महानगरपालिकालाई बुझाउनु पर्ने रोयल्टी नबुझाएको भेटिएको छ। 

गोंगबु बसपार्क संचालनको जिम्मा लिएको ल्होत्सेले बसपार्कको जग्गा अतिक्रमण गरी अनधिकृत संरचना बनाएको विषयमा नेपाल लाइभले समाचार प्रकाशन गरेको थियो। योसँगै ल्होत्सेले तिर्नुपर्ने रोयल्टी समेत महानगरलाई नबुझाएको खुलासा भएको छ। 

०५६ सालमा महानगरपालिका र ल्होत्सेबीच भएको सम्झौताअनुसार सम्झौता भएको मितिले पहिलो ५ वर्षसम्म वार्षिक ५१ लाख रुपैयाँ र त्यसपछि हरेक वर्ष ५ प्रतिशतका दरले रोयल्टी रकम बढ्ने उल्लेख गरिएको छ। 

२०५६ चैत २९ बाट २०६१ चैत २८ गतेसम्म वार्षिक ५१ लाख र त्यसपछि वार्षिक ५ प्रतिशतका दरले वृद्धि भएर २०७२ मा आइपुग्दा ९२ लाख ७ हजार ३ सय ६३ रुपैयाँ वार्षिक रोयल्टी कायम भएको देखिन्छ।

२०७२ साउन २५ गते महानगर र ल्होत्सेबीच भएको ‘पूरक सम्झौता’ पछि हालसम्म ल्होत्सले ५ करोड ८ लाख ७६ हजार ८ सय ८८ रुपैयाँ बराबर रोयल्टी तिरिसकेको हुनुपर्ने देखिन्छ। तर काठमाडौं महानगरपालिकाले नेपाल लाइभलाई उपलब्ध गराएको रोयल्टी सम्बन्धी विवरणमा विभिन्न समयमा ६ पटक गरेर ल्होत्सेले ३ करोड ४१ लाख ९५ हजार ४ सय ३० रुपैयाँ मात्रै रोयल्टी बुझाएको देखिन्छ।

पूरक सम्झौता भएपछि मात्र ल्होत्सेले १ करोड ६६ लाख ८१ हजार ४ सय ५८ रुपैयाँ बराबर रोयल्टी महानगरलाई तिर्न बाँकी रहेको देखिन्छ। उक्त रकम तिर्न र नतिरेको रकमको वार्षिक हर्जानासमेत तिर्न/तिराउन महानगरपालिका र ल्होत्से दुवै पक्षले चासो देखाएका छैनन्।

२०७२ मंसिर ३ गते एकमुष्ठ १ करोड रुपैयाँ बुझाएको ल्होत्सेले एकैपटक २०७५ बैशाख २० गते १६ लाख ७ हजार ७ सय १० रुपैयाँ बुझाएको छ। तर यो बीचको करिब साढे २ वर्ष अवधिको रोयल्टी ल्होत्सेले भुक्तानी गरेको महानगरपालिकाको तथ्याङ्कमा देखिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

महानगर र ल्होत्सेबीच भएको सम्झौता अनुसार १ वर्षसम्म रोयल्टी नतिरे सम्झौता उल्लंघन भएको मानिन्छ। रोयल्टी नतिरे सम्झौता रद्द गर्नेसम्मको अधिकार महानगरपालिकासँग हुँदाहुँदै पनि तीन वर्षसम्म  रोयल्टी भुक्तानी नगरेको ल्होत्सेलाई महानगरले कुनै कारबाहीसमेत गरेको देखिँदैन। वार्षिक ८ प्रतिशत हर्जाना तिराउन पनि महानगरले आँखा चिम्लेको छ। 

ल्होत्सेले २०७५ सालमा तीन पटक गरेर ९१ लाख १२ हजार २ सय ९९ रुपैयाँ महानगरलाई बुझाएको छ। त्यसपछि २०७६ सालमा २ पटक गरी ७२ लाख ८३ हजार १ सय ३१ रुपैयाँ रोयल्टी बुझाएको तथ्यांक महानगरसँग छ। तर यो रकममा नयाँ बनेका संरचनाबाट उठाइने रोयल्टी समावेश छैन। 

बसपार्क क्षेत्रभित्र विभिन्न संरचना बनाउने भन्दै ल्होत्सेले महानगरलाई बुझाएको गुरुयोजना अनुसार त्यस्ता संरचनाको वार्षिक १८ लाख रुपैयाँ वार्षिक थप रोयल्टी तिर्नुपर्छ। सो रकम २०७२ सालमा भएको सम्झौताको मितिले चार वर्ष अर्थात् २०७६ साल साउन २५ गते पछि मात्रै लागू हुने गरी दुई पक्षबीच सम्झौता भएको देखिन्छ। तर, त्यस्तो रकम पनि अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा मास्टरप्लान अन्तर्गतको अतिरिक्त रोयल्टी रकम पनि ल्होत्सेले बुझाएको छैन। 

चौमासिक रूपमा अग्रिम भुक्तानी गर्ने व्यवस्थालाई नै आधार मान्ने हो भने २०७२ पछि हालसम्म ६ करोड २६ लाख २७ हजार ६ सय ७३ रुपैयाँ रोयल्टी तिरिसकेको हुनुपर्ने हो। तर ल्होत्सेले त्यसको आधा रकम मात्रै तिरेको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रोयल्टी रकम नतिरेको सम्बन्धमा नेपाल लाइभले गरेको जिज्ञासामा ल्होत्से बहुउद्देश्यीय प्रालिका संचालक दीपक कुँवरले आफूले पूरै रोयल्टी रकम महानगरलाई बुझाएको दाबी गरेका थिए। 

के छ सम्झौतामा?
महानगर र ल्होत्सेबीच २०७२ साउन २५ गते भएको पूरक सम्झौताको बुँदा नम्बर २ मा ‘रोयल्टी थप सम्बन्धमा’ भन्ने बुँदा राखिएको छ। उक्त बुँदाले २०५६ सालको मूल सम्झौतालाई संशोधन गरेर रोयल्टी बुझाउने व्यवस्था स्पष्ट पार्न खोजेको छ।

‘मिति २०५६ चैत २९ गते भएको सम्झौताको प्रकरण नम्बर ३ मा  उल्लेख भएको अनुसूची २ को अवधारणागत डिजाइनमा उल्लेख गरेभन्दा विपरीत निर्माण गरेबापत ल्होत्सेले ९ लाख रुपैयाँ थप रोयल्टी पहिलो पक्ष (महानगर) लाई उपलब्ध गराउनु पर्नेछ,’ पूरक सम्झौताको बुँदा नंम्बर २ को ‘क’ मा उल्लेख छ। 

सोही बुँदाको उपबुँदा ‘ख’ मा 'पूरक सम्झौता भएको मितिले ४५ दिनभित्र बुझाउन बाँकी सबै रोयल्टी बुझाउनु पर्नेछ' उल्लेख छ। तर ल्होत्सेले उक्त सम्झौता गरेको ४५ दिनभित्र कुनै पनि रकम महानगरलाई बुझाएको छैन। ४ महिनापछि अर्थात् २०७२ मंसिर ३ गते १ करोड ७८ लाख रुपैयाँ मात्र महानगरलाई बुझाएको छ। 

२०७२ सालअघि लामो समयसम्म रोयल्टी नबुझाएको ल्होत्सेले पूरक सम्झौता गर्दा बाँकी भुक्तानी समेत चुक्ता गर्नुपर्ने उल्लेख गरिएको थियो। तर उक्त सम्झौतापछि बक्यौता रोयल्टी तिरेको आधार महानगरको अभिलेखमा भेटिँदैन। 

पूरक सम्झौताको बुँदा नम्बर २ कै उपबुँदा ‘ग’ ले एक वर्षसम्म पनि रोयल्टी नतिरे सम्झौता उल्लंघन हुने विषय समेटेको छ। ‘रोयल्टी रकम प्रत्येक वर्षको ३ किस्ता चौमासिक रुपमा अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने र यसरी भुक्तानी नगरे वार्षिक ८ प्रतिशतका दरले जरिवाना गरिनेछ। यस्तो अवधि एक वर्षसम्म हुन सक्नेछ। सो अवधिभित्र रोयल्टी नबुझाए सम्झौता उल्लंघन भएको मानी प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ,’ सो उपबुँदामा लेखिएको छ। 

तर, २०७२ मंसिर ३ गतेदेखि २०७५ बैशाख २० गतेसम्मको करिब साढे २ वर्ष अवधिमा ल्होत्सेले एक रुपैयाँ पनि महानगरपालिकालाई बुझाएको छैन।

सम्बन्धित समाचार
गोंगबु बसपार्क प्रकरण-३:
 सर्वोच्चले झिकायो गोंगबु बसपार्क सञ्चालन सम्बन्धी सम्झौताका सक्कल फाइल

गोंगबु बसपार्क प्रकरण-२: अख्तियारको निर्देशन र कानुन लत्याउँदै गोंगबु बसपार्कको 'पूरक सम्झौता', यसरी भयो दीपक कुँवरको प्रवेश

गोंगबु बसपार्क प्रकरण-१ : सुध्रिएन गोंगबु बसपार्क, सम्झौता अनुसार बनेनन् संरचना

थप समाचार
गोंगबु बसपार्क प्रकरण : कांग्रेसको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

 

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्