• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सुध्रिएन गोंगबु बसपार्क, सम्झौता अनुसार बनेनन् संरचना [गोंगबु बसपार्क प्रकरण-१]

महानगर र ल्होत्सेबीचको सम्झौता नै अव्यवहारिक!
हेमन्तराज जाेशी आइतबार, साउन १९, २०७६  २२:२५
1140x725

काठमाडौं- गोंगबु बसपार्क संचालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले सम्झौता उल्लंघन गर्दै कानुन विपरीत संरचना निर्माण गरिरहेको पाइएको छ। काठमाडौं महानगरपालिका साविक वडा नम्बर २९ मा रहेको गोंगबु बसपार्कभित्रका केही संरचना निर्माणका लागि ल्होत्सेले महानगरपालिकासँग स्विकृति लिएको छैन भने स्वीकृति लिएका संरचना हालसम्म नबनाएको खुलेको छ। 

बसपार्कले ओगटेको १ सय ६१ रोपनी क्षेत्रफलमध्ये करिब ८० रोपनी जग्गा मात्रै बसपार्क प्रयोजनका लागि प्रयोग भइरहेको छ। ल्होत्सेले यात्रुलाई सुविधा दिने उद्देश्यले भन्दा पनि आफ्नै कम्पनीको व्यापारिक फाइदाका लागि मात्र संरचना प्रयोग गरिरहेको छ।

उपत्यका भित्रने र बाहिरिने सार्वजनिक सवारी साधनको सहज व्यवस्थापन र पार्किङका लागि बसपार्कका संरचना तयार गरिनुपर्नेमा व्यापारिक उद्देश्यले तयार पारिएका संरचनाले बसपार्क खुम्चँदै गएको छ। बसपार्कभित्रै सपिङ मल, होटल, ग्यारेज, पेट्रोलपम्पलगायत संरचना बनाएर संचालनमा ल्याइएको छ भने केही बन्ने क्रममा छन्। 

जापान सरकारको सहयोगमा २०४९ सालमा निर्माण भएको बसपार्कलाई महानगरपालिको २०५६ साल चैत २९ गते ल्होत्से बहुउद्देश्यीय प्रालिलाई जिम्मा दिइएको थियो। दुई पक्षबीच निर्माण, संचालन र हस्तान्तरण (बुट) मोडलमा ४५ वर्षका लागि सम्झौता भएको देखिन्छ। बसपार्कभित्रका संरचना सार्वजनिक प्रयोजनका लागि भन्दा पनि व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेका छन्।

ल्होत्सेका बेइमानीका शृङ्खला  
२०५६ सालमा ल्होत्से र महानगरपालिकाबीच भएको सम्झौता विवादित बनेपछि संवैधानिक निकायले चासो देखाएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत सो विषयलाई अध्ययन गरी सम्झौता पुनरवलोकनका लागि निर्देशन दिएको थियो। तर सम्झौता संशोधन गर्ने नाममा महानगरपालिकाले बसपार्कभित्र ल्होत्सेले चाहेको जुनसुकै काम गर्न सक्ने/मिल्ने गरी सम्झौता गरेको देखिन्छ। 

अख्तियारले पूरक सम्झौता गर्न भन्दै २०६६ पुष ९ गते महानगरपालिकालाई निर्देशन दिएको थियो। तर त्यसको ६ वर्षसम्म पनि महानगरपालिका र ल्होत्सेबीच २०५६ सालमा भएको सम्झौता संशोधन गरिएन। 

तर, अख्तियारको सोही निर्णयलाई आधार मानी २०७२ साल साउन २५ गते दुई पक्षबीच पूरक सम्झौता भएको देखिन्छ। अख्तियारले २०५६ सालमा भएको सम्झौताले नसमेटेका विषयलाई थप स्पष्ट पार्न पूरक सम्झौता गर्न भने पनि सोही सम्झौताका कारण ल्होत्सेले बसपार्कमा आफ्नो कब्जा जमाउन सफल भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई पक्षबीच पूरक सम्झौता भएको पनि ४ वर्ष बितिसकेको छ। तर ल्होत्सेले सम्झौता अनुरुपम काम गरेको छैन। २०७२ साउन २५ गते महानगरपालिका र बसपार्कबीच भएको सम्झौताअनुसार ल्होत्सेले सम्झौता गरेको मितिले ४ वर्ष अर्थात् २०७६ साउन २५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो। 

करिब २० वर्षदेखि बसपार्क संचालन गर्दै आएको ल्होत्सेले ४ वर्ष अगाडि बसपार्कलाई व्यवस्थित गर्न भन्दै महानगरपालिकासँग गरेको सम्झौताअनुसारका काम समयमा पूरा गर्न सकेको देखिँदैन। 

दुई पक्षबीच भएको पूरक सम्झौताले अनुसुची १ संशोधन गरेको थियो। उक्त संशोधनमा बसपार्कलाई अत्याधुनिक र सुविधासम्पन्न बनाउन ‘मास्टर प्लान’ बनाउने उल्लेख छ। 

बसपार्क स्तरीकरण गरी ८ सयभन्दा बढी सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाउने भनिए पनि बसपार्कभित्रका केही टहरा हटाउने बाहेक ल्होत्सेले थप काम गरेको छैन। 

सम्झौताअनुसार नयाँ बसपार्कमा बाल उद्यान, फास्ट फुड, सपिङ कम्प्लेस, बैंक तथा वित्तीय संस्था, उद्यान, बास बस्ने यात्रुका लागि आवासीय भवनलगायतका संरचना निर्माण गर्ने भनेको छ। 

महानगरपालिकाको स्वीकृतिमै ल्होत्सेले बसपार्क छिर्ने बाटोको दायाँपट्टी, विष्णुमती खोला किनारमा व्यवसायिक भवन बनाएरहेको छ। तर सो भवन मापदण्ड विपरीत रहेको बताइएको छ।

मूल सम्झौता विपरीत संरचना बनाए ९ लाख जरिवाना
बसपार्कभित्र संरचना बनाउन ल्होत्सेले महानगरपालिकाको स्वीकृति लिनुपर्छ। तर, दुई पक्षबीच भएको सम्झौताले भने केही रकम रोयल्टी बुझाए ल्होत्सेले जस्तोसुकै संरचना पनि बनाउन सक्ने देखिन्छ।

मास्टर प्लान विपरीतका संरचना बनाउँदा ९ लाख रुपैयाँ थप रोयल्टी बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ। ९ लाख रोयल्टी बुझाएपछि जस्तोसुकै संरचना पनि कानुन भित्र अटाउने गरी यो सम्झौता भएको देखिन्छ। यस्तो सम्झौता नै अव्यवहारिक भएको जानकारहरू बताउँछन्।  

मास्टर प्लान अनुसारका संरचना ४ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने समेत सो सम्झौतामा उल्लेख छ। निर्माण सम्पन्न भएपछि यस्ता संरचनाको भाडाबापत् ल्होत्सेले १८ लाख रुपैयाँ वार्षिक रोयल्टी बुझाउनुपर्ने सम्झौता छ। 

मास्टरप्लान विपरीत संरचना बनाउँदा ९ लाख रुपैयाँ जरिवाना तिरे पुग्ने गरी भएको यो सम्झौताले तोकिएको समयमा मास्टरप्लान अनुरुप काम नभए कस्तो कारबाही गर्ने भन्ने विषय भने केही बोलेको देखिदैन। 

निष्प्रभावी अनुगमन
थप संरचना निर्माण गर्दा त्यस्ता संरचना निर्माण गरिने ठाउँ, डिजाईन, निर्माण सम्पन्न हुन लाग्ने समय, जम्मा लगानी जस्ता विषयहरु खुलाएर महानगरपालिकामा आवेदन दिनुपर्ने सम्झौतामा उल्लेख छ। 

आवेदन आएपछि महानगरपालिकाले त्यसको स्वीकृति  मात्र नभई निरन्तर नियमन र अनुगमन गर्ने जिम्मेवारी पनि महानगरपालिकाकै हो। तर, स्वीकृति लिएर बनाएका भवन मापदण्ड विपरीतका हुँदा पनि अनुगमन संयन्त्र निष्प्रभावी भएको देखिन्छ। 

स्वीकृत संरचना बनाउँदा ल्होत्सेले पेश गरेको नक्सा डिजाईन बमोजिम रहे/नरहेको, गुणस्तरीय सामग्री प्रयोग भएको नभएकोलगायत विषयमा निरीक्षण अनुगमन गर्ने जिम्मेवारी महानगरपालिकाको हो। 

नियमित अनुगमन, निर्देशन तथा सो सम्बन्धी मासिक प्रतिवेदन पेस गर्न ३ जना प्राविधिक कर्मचारी रहेको अनुगमन निरीक्षण समितिको व्यवस्था समेत गरेको देखिन्छ। तर अनुगमन संयन्त्रले भवन मापदण्डविपरीत रहेको विषयमा हालसम्म पनि केही बोलेको देखिँदैन। हरेक तीन महिनामा बन्नुपर्ने प्रतिवेदन समेत नबनेको महानगरपालिका श्रोत बताउँछ। 

नियमित अनुगमन, निरीक्षण तथा मूल्यांकन कार्यका लागि सहरी विकास विभागबाट एक जना ईन्जिनियर, राजश्व विभागबाट एक जना कर अधिकृत, महानगरपालिकाको कानुन महाशाखाबाट कानुन अधिकृत र ल्होत्सेबाट समेत एक जना प्रतिनिधि रहने कुरा सम्झौतामा राखिएको छ। तर उक्त समितिले पनि कुनै काम गरेको देखिएको छैन। 

समस्या देखिएपछि कर्मचारीको सरुवा
अव्यवस्थित बसपार्क र त्यहाँभित्रका अवैधानिक संरचनाको विषय उठाएकै कारण यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा गरिएको छ। विभागका महानिर्देशक कुमार प्रसाद दहालले यात्रु तथा सवारी साधनका लागि गोंगबु बसपार्कमा पर्याप्त पूर्वाधार संरचना नभएको र भएका संरचना कानुन विपरीत संचालन भइरहेको भन्दै त्यसमा चासो देखाएका थिए।

भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले दहाल सरुवाको विषय २ पटक मन्त्रिपरिषद्‌मा लगिसकेका छन्। सरकारले सरुवाको कुरा आफूले जानकारी पाए पनि सरुवाको औपचारिक पत्र भने आफूसम्म आई नसकेको दहालको भनाई छ।

यो पनिः

यातायात व्यवस्था विभाग : मन्त्री महासेठले १६ महिनामा ३ महानिर्देशक फेर्नुको यस्तो छ अन्तर्य

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  २२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘नयाँ नेता, पुराना गाडी’ : आशिकाले उठाइन् स्वच्छ हावाको सवाल
राजदूत सिफारिसमा ज्ञानेन्द्र शाहीको आपत्ति: मापदण्ड मिचेर नियुक्ति गर्न मिल्छ?
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
‘नयाँ नेता, पुराना गाडी’ : आशिकाले उठाइन् स्वच्छ हावाको सवाल सोमबार, असोज ५, २०८३
राजदूत सिफारिसमा ज्ञानेन्द्र शाहीको आपत्ति: मापदण्ड मिचेर नियुक्ति गर्न मिल्छ? सोमबार, असोज ५, २०८३
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, असोज ५, २०८३
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’ सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्