• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सर्वोच्चले झिकायो गोंगबु बसपार्क सञ्चालन सम्बन्धी सम्झौताका सक्कल फाइल [गोंगबु बसपार्क प्रकरण-३]

हेमन्तराज जाेशी बुधबार, साउन २२, २०७६  १५:४८
1140x725

काठमाडौं- सर्वोच्च अदालतले गोंगबु बसपार्क सञ्चालनका सम्बन्धमा हालसम्म भएका सबैखाले सम्झौताको सक्कल प्रति झिकाउन आदेश दिएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालको बुधबारको इजालासले बसपार्कसँग सम्बन्धित विभिन्न पक्षबीच भएका सम्झौता झिकाउन आदेश दिएको हो। गोंगबु बसपार्क सञ्चालन सम्बन्धमा सार्वजनिक यातायात महासंघ नेपालले ‘उत्प्रेषण परमादेशको आदेश जारी गरिपाऊँ’ भन्दै साउन २० गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो। 

सोही मुद्दामा अन्तरिम आदेश सुनाउँदै सर्वोच्चले गोंगबु बसपार्कसँग सम्बन्धित नेपाल सरकार र जापान सहयोग नियोग (जाइका) बीच भएको सम्झौता, सरकार र काठमाडौं महानगरपालिकाबीचको सम्झौता र महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय बीचको मुल सम्झौता झिकाउने आदेश दिएको हो। सर्वोच्चले मुद्दालाई अग्राधिकार दिने आदेश पनि दिएको छ। 

हाल गोंगबु बसपार्क ल्होत्से बहुद्देश्यीय प्रालिले सञ्चालन गर्दै आएको छ। ४५ वर्षका लागि बसपार्क ल्होत्सेले सञ्चालन गर्ने गरी महानगरपालिका र ल्होत्सेबीच २०५६ चैत २९ गते सम्झौता भएको थियो। २०४९ सालमा जाइकाको आर्थिक तथा प्रावधिक सहयोगमा बनेको उक्त बसपार्क महानगरपालिकाले करिब ६ वर्षपछि निर्माण–सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा ४५ वर्षका लागि ल्होत्सेसँग सम्झौता गरेको थियो।  

सर्वोच्चले जाइकासँग बसपार्क निर्माण सम्बन्धी नेपाल सरकारले गरेको सम्झौता, नेपाल सरकारले बसपार्क सञ्चालनको जिम्मा महानगरपालिकालाई दिने सम्बन्धी सम्झौता वा निर्णय र महानगरपालिकाले ल्होत्सेसँग गरेका मुल सम्झौता र पुरक सम्झौताको समेत सक्कल मागेको हो। 

महासंघले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग–मीनभवन, मालपोत कार्यालय–डिल्लीबजार, नापी कार्यालय–डिल्लीबजार र ल्होत्से बहुउद्देश्यीय प्रालिलाई विपक्षी बनाइएको छ। 

महासंघका तर्फबाट वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता विकास भट्टराई, लीलाधार उपाध्याय, केदार गुरागाईं, मुक्ति बँजाल, र डा मनिष कुमार श्रेष्ठले बहस गरेका थिए। 

गत सोमबार दायर भएको मुद्दामा ल्होत्से बहुउद्देश्यीय प्रालिले नेपाल सरकारको नीति नियम उल्लंघन गरी गैरकानुनी ढंगले भौतिक संरचना निर्माण गरेको, सिन्डिकेट लगाएको, मनोमानी ढंगले शुल्क लिएको, जाइकाले निर्माण गरिदिएका साबिकका भौतिक संरचना नष्ट गरेको लगायत विषय उल्लेख छ। ‘नेपाल सरकारको नीतिभन्दा बाहिर गई सुरुको नापनक्सा विपरीत ठूला व्यापारिक कम्प्लेक्सहरु निर्माण गरेको, जाइकाले बनाइदिएको संरचनामा व्यापक परिवर्तन गरी बसपार्कको संरचना स्वरुपलाई कुरुप बनाएको' विषयलाई पनि महासंघले मुद्दाको विषय बनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी, ‘ल्होत्सेले बसपार्कभित्रको बिजुली, खानेपानी ढल निकास लगायतका सेवा सुविधा बन्द गरेको, ग्यारेज पार्किङ सुविधा उपलब्ध नगराएको‘ पनि महासंघले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ। 

महासंघलाई बसपार्क भित्र छिर्न बाटो खुल्यो 
सर्वोच्चल अदालतले सार्वजनिक यातायात केन्द्रीय महासंघलाई पनि बसपार्कभित्र प्रवेश दिन आदेश दिएको छ। महासंघ अन्तर्गतका यातायात व्यवसायीले पनि त्यहाँबाट सेवा दिन पाउनेछन्। 

यसअघि यातायात व्यवसायी राष्ट्रिय महासंघ र ल्होत्से मिलेर अरु व्यवसायीलाई बसपार्कभित्र छिर्न नदिई सिन्डिकेटको अवस्था सिर्जना गरेका थिए। तर अब सार्वजनिक यातायात महासंघसंग आबद्ध यातायात व्यवसायीले पनि बसपार्कभित्र टिकट काउन्टर तथा सवारी साधन पार्किङ सेवा पाउनेछन्। 

काठमाडौं महानगरपालिका र ल्होत्सेबीच २०७२ साउन २५ गते भएको सम्झौताको बुँदा नंम्बर ४ मा ‘बसपार्कभित्र सबै बसहरु पार्किङ गराउने’ भन्ने व्यवस्था राखिएको छ। 

सम्झौतअनुसार ‘बसपार्कभित्र अनिवार्य रुपमा बस, माइक्रो बस, टाटा सुमो तथा अन्य सार्वजनिक यातायातका साधनहरु प्रवेश गर्नुपर्ने, बसपार्कभित्र सबै बस पार्किङ गर्ने व्यवस्था मिलाउने, तथा बसपार्क भित्रैबाट सबै बसहरु छुट्ने र त्यस्ता बसको किटान गरी ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था कार्यालय र सुरक्षा निकायमा जानकारी दिनुपर्ने उल्लेख छ।

तर ल्होत्सेले आफूनिकट यातायात व्यवसायीलाई मात्र बसपार्कभित्र पहुँच हुनेगरी सिन्डिकेट लगाईरहेको छ। अझै पनि बसपार्कभित्र माइक्रो बस, टाटासुमो लगायत साना सवारीसाधन सहज रुपमा जान सक्दैनन्।

यो पनि

  • अख्तियारको निर्देशन र कानुन लत्याउँदै गोंगबु बसपार्कको 'पूरक सम्झौता', यसरी भयो दीपक कुँवरको प्रवेश

  • सुध्रिएन गोंगबु बसपार्क, सम्झौता अनुसार बनेनन् संरचना

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
यूएईलाई हराउँदै नेपाल एसिया कपमा
विपत्तिको पीडाले फिक्का बनाएको तीज
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने शनिबार, भदौ २७, २०८३
यूएईलाई हराउँदै नेपाल एसिया कपमा शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज शनिबार, भदौ २७, २०८३
हर्मुजमार्फत हुने तेल आपूर्तिको जोखिम घटाउने उपाय खोज्दै खाडी मुलुक शनिबार, भदौ २७, २०८३
भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्