• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सर्वोच्चले झिकायो गोंगबु बसपार्क सञ्चालन सम्बन्धी सम्झौताका सक्कल फाइल [गोंगबु बसपार्क प्रकरण-३]

हेमन्तराज जाेशी बुधबार, साउन २२, २०७६  १५:४८
1140x725

काठमाडौं- सर्वोच्च अदालतले गोंगबु बसपार्क सञ्चालनका सम्बन्धमा हालसम्म भएका सबैखाले सम्झौताको सक्कल प्रति झिकाउन आदेश दिएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालको बुधबारको इजालासले बसपार्कसँग सम्बन्धित विभिन्न पक्षबीच भएका सम्झौता झिकाउन आदेश दिएको हो। गोंगबु बसपार्क सञ्चालन सम्बन्धमा सार्वजनिक यातायात महासंघ नेपालले ‘उत्प्रेषण परमादेशको आदेश जारी गरिपाऊँ’ भन्दै साउन २० गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो। 

सोही मुद्दामा अन्तरिम आदेश सुनाउँदै सर्वोच्चले गोंगबु बसपार्कसँग सम्बन्धित नेपाल सरकार र जापान सहयोग नियोग (जाइका) बीच भएको सम्झौता, सरकार र काठमाडौं महानगरपालिकाबीचको सम्झौता र महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय बीचको मुल सम्झौता झिकाउने आदेश दिएको हो। सर्वोच्चले मुद्दालाई अग्राधिकार दिने आदेश पनि दिएको छ। 

हाल गोंगबु बसपार्क ल्होत्से बहुद्देश्यीय प्रालिले सञ्चालन गर्दै आएको छ। ४५ वर्षका लागि बसपार्क ल्होत्सेले सञ्चालन गर्ने गरी महानगरपालिका र ल्होत्सेबीच २०५६ चैत २९ गते सम्झौता भएको थियो। २०४९ सालमा जाइकाको आर्थिक तथा प्रावधिक सहयोगमा बनेको उक्त बसपार्क महानगरपालिकाले करिब ६ वर्षपछि निर्माण–सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा ४५ वर्षका लागि ल्होत्सेसँग सम्झौता गरेको थियो।  

सर्वोच्चले जाइकासँग बसपार्क निर्माण सम्बन्धी नेपाल सरकारले गरेको सम्झौता, नेपाल सरकारले बसपार्क सञ्चालनको जिम्मा महानगरपालिकालाई दिने सम्बन्धी सम्झौता वा निर्णय र महानगरपालिकाले ल्होत्सेसँग गरेका मुल सम्झौता र पुरक सम्झौताको समेत सक्कल मागेको हो। 

महासंघले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग–मीनभवन, मालपोत कार्यालय–डिल्लीबजार, नापी कार्यालय–डिल्लीबजार र ल्होत्से बहुउद्देश्यीय प्रालिलाई विपक्षी बनाइएको छ। 

महासंघका तर्फबाट वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता विकास भट्टराई, लीलाधार उपाध्याय, केदार गुरागाईं, मुक्ति बँजाल, र डा मनिष कुमार श्रेष्ठले बहस गरेका थिए। 

गत सोमबार दायर भएको मुद्दामा ल्होत्से बहुउद्देश्यीय प्रालिले नेपाल सरकारको नीति नियम उल्लंघन गरी गैरकानुनी ढंगले भौतिक संरचना निर्माण गरेको, सिन्डिकेट लगाएको, मनोमानी ढंगले शुल्क लिएको, जाइकाले निर्माण गरिदिएका साबिकका भौतिक संरचना नष्ट गरेको लगायत विषय उल्लेख छ। ‘नेपाल सरकारको नीतिभन्दा बाहिर गई सुरुको नापनक्सा विपरीत ठूला व्यापारिक कम्प्लेक्सहरु निर्माण गरेको, जाइकाले बनाइदिएको संरचनामा व्यापक परिवर्तन गरी बसपार्कको संरचना स्वरुपलाई कुरुप बनाएको' विषयलाई पनि महासंघले मुद्दाको विषय बनाएको छ। 

Ncell 2
Ncell 2

त्यसैगरी, ‘ल्होत्सेले बसपार्कभित्रको बिजुली, खानेपानी ढल निकास लगायतका सेवा सुविधा बन्द गरेको, ग्यारेज पार्किङ सुविधा उपलब्ध नगराएको‘ पनि महासंघले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ। 

महासंघलाई बसपार्क भित्र छिर्न बाटो खुल्यो 
सर्वोच्चल अदालतले सार्वजनिक यातायात केन्द्रीय महासंघलाई पनि बसपार्कभित्र प्रवेश दिन आदेश दिएको छ। महासंघ अन्तर्गतका यातायात व्यवसायीले पनि त्यहाँबाट सेवा दिन पाउनेछन्। 

यसअघि यातायात व्यवसायी राष्ट्रिय महासंघ र ल्होत्से मिलेर अरु व्यवसायीलाई बसपार्कभित्र छिर्न नदिई सिन्डिकेटको अवस्था सिर्जना गरेका थिए। तर अब सार्वजनिक यातायात महासंघसंग आबद्ध यातायात व्यवसायीले पनि बसपार्कभित्र टिकट काउन्टर तथा सवारी साधन पार्किङ सेवा पाउनेछन्। 

काठमाडौं महानगरपालिका र ल्होत्सेबीच २०७२ साउन २५ गते भएको सम्झौताको बुँदा नंम्बर ४ मा ‘बसपार्कभित्र सबै बसहरु पार्किङ गराउने’ भन्ने व्यवस्था राखिएको छ। 

सम्झौतअनुसार ‘बसपार्कभित्र अनिवार्य रुपमा बस, माइक्रो बस, टाटा सुमो तथा अन्य सार्वजनिक यातायातका साधनहरु प्रवेश गर्नुपर्ने, बसपार्कभित्र सबै बस पार्किङ गर्ने व्यवस्था मिलाउने, तथा बसपार्क भित्रैबाट सबै बसहरु छुट्ने र त्यस्ता बसको किटान गरी ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था कार्यालय र सुरक्षा निकायमा जानकारी दिनुपर्ने उल्लेख छ।

तर ल्होत्सेले आफूनिकट यातायात व्यवसायीलाई मात्र बसपार्कभित्र पहुँच हुनेगरी सिन्डिकेट लगाईरहेको छ। अझै पनि बसपार्कभित्र माइक्रो बस, टाटासुमो लगायत साना सवारीसाधन सहज रुपमा जान सक्दैनन्।

यो पनि

  • अख्तियारको निर्देशन र कानुन लत्याउँदै गोंगबु बसपार्कको 'पूरक सम्झौता', यसरी भयो दीपक कुँवरको प्रवेश

  • सुध्रिएन गोंगबु बसपार्क, सम्झौता अनुसार बनेनन् संरचना

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
एमाले बोलायो केन्द्रीय कमिटी बैठक शुक्रबार, पुस २५, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्