गोंगबु बसपार्क प्रकरण : कांग्रेसको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

नेपाल लाइभ | २०७६ श्रावण २३ बिहीबार | Thursday, August 08, 2019 १६:२०:०० मा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसले गोंगबु बसपार्कको प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गोंगबु बसपार्कमा कानुन विपरीत महानगर र ल्होत्सेबीच सम्झौता भएका समाचार प्रकाशनमा आएपछि केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले यो प्रकरणमा ध्यानाकर्षण भएको बताएको हो। 

'जापान सरकारको सहयोगमा निर्मित बसपार्क शुरुवाती समयमा खुला, आकर्षक र व्यवस्थित थियो। अहिले त्यसभन्दा विपरीत बन्न पुगेको छ,' पत्रकार सम्मेलनमा कांग्रेसले भनेको छ, 'जाइकासँगको सहमति भन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनी जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको विषय गम्भीर छ।'

यसका साथै कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको विषय समेत  गम्भीर रहेको कांग्रेसको ठहर छ। 

गोंगबु बसपार्कका सम्बन्धमा गहिरो अनुसन्धान गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारको वर्तमान नेतृत्वलाई कांग्रेसले अपिल गरेको छ। 

यो पनि
सर्वोच्चले झिकायो गोंगबु बसपार्क सञ्चालन सम्बन्धी सम्झौताका सक्कल फाइल

अख्तियारको निर्देशन र कानुन लत्याउँदै गोंगबु बसपार्कको 'पूरक सम्झौता', यसरी भयो दीपक कुँवरको प्रवेश

सुध्रिएन गोंगबु बसपार्क, सम्झौता अनुसार बनेनन् संरचना